नवजात शिशु हत्या घटनाका आरोपित गिरफ्तार
नवजात शिशुको हत्या गरी फालेको आरोपमा पुस २६ गते सिदिन गाविस-४ का २१ वर्षीया रमिला राई र फिदिम नपा-१ का २८ वर्षीय केवल लिम्बूलाई प्रहरीले गिरफ्तार गरेको छ ।
सिदिन गाविस-४ स्थित जङ्गलमा पुस २४ गते नवजात शिशुलाई मृत अवस्थामा फेला पारिएको भन्दै स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए । मृतक शिशुको पोष्टमार्टम पुस २५ गते जिल्ला अस्पताल पाँचथरमा गरिएको छ ।
घटनाको अनुसन्धान गर्ने क्रममा आरोतिद्वयलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयमा डिएसपी नकुल पोख्रेलले बताए । अवैध सम्बन्धवाट जन्मिएको शिशुलाई पुस ९ गते आरोपित महिलाले जङ्गलमा फालेको हुनसक्ने डिएसपी पोख्रेलले बताए ।
मङ्गल बेघा
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले पकाहा गाउँपालिका-१ का २५ वर्षीय भुषण राउत र २१ वर्षीय अरुण कुमार यादबविरुद्ध चैत ५ गते प्रहरीमा उजुरी दिएको छ । आरोपितद्वयले पीडित बालिकालाई ०८१ चैत…
महायज्ञका लागि दलितको घर भत्काएको विषयमा इन्सेक र आयोगद्वारा अनुगमन
महायज्ञका लागि औरही गाउँपालिका-५ का ३५ वर्षीय डोम समुदायका दीपक मरिकको घर भत्काएको घटना इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरेको छ । औरही गाउँपालिकाको डोजर प्रयोग गरी दीपक मरिकको…
छुवाछुत तथा जातीय भेदभावविरुद्धको घटनाका पीडितको न्यायमा पहुँच सुनिश्चित गरः आयोग
समाजमा कायम रहेको जातीय विभेदको अन्त्य गर्ने कार्यमा पूर्ण प्रतिबद्ध हुन सबै राजनीतिक दल, गैरसरकारी संघसंस्था तथा नागरिकहरुलाई समेत राष्ट्रिय मानव आयोगले अनुरोध गरेको छ । ६० औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव…
अनेरास्ववियु (क्रान्तिकारी) का कार्यकर्ताद्वारा क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का कार्यकर्ताहरुले ०८१ चैत ८ गते चौतारा बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड गरेको छ । स्ववियु निर्वाचनका दिन चैत ५ गते एमाले सम्वद्ध अनेरास्ववियु…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका–१ सेलाङ कुन्याउका २० वर्षीय रामकृष्ण विश्वकर्मालाई ०८१ चैत ७ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन…