नवजात शिशु हत्या घटनाका आरोपित गिरफ्तार
नवजात शिशुको हत्या गरेको आरोपमा प्रहरीले आठराई गाउँपालिका-७ थोक्लुङका १९ वर्षीय नगेन्द्र श्रेष्ठ र उनकी २० वर्षीया पत्नी मनिता लिम्बूलाई साउन १८ गते गिरफ्तार गरेको छ ।
आरोपितद्धयले ०८१ साउन १६ गते जन्मिएको शिशुलाई हत्या गरी शौचालयको सेफ्टी ट्याङ्कीमा पुरेको सूचनापछि अनुसन्धानका लागि पतिपत्नीलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रहृलाद खड्काले बताउनु भयो ।
नवजात शिशुको हत्या भएको सूचना स्थानीयले दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इन्स्पेक्टर खड्काले बताउनु भयो ।
विवाह गरेको दुई महिनापछि शिशुको जन्म भएको र गाउँघरमा हेलाहोचो हुने डरले दम्पतीले शिशुको हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको इन्स्पेक्टर खड्काले बताउनु भयो ।
नवजात शिशुको शव उत्खनन गरी साउन १८ गते जिल्ला अस्पतालमा पोष्टमार्टम गरिएको छ ।
पीडित पक्षले साउन १८ गते शव बुझी साउन १९ गते म्याङलुङ नगरपालिका-१० गडीको जङ्गलमा सद्गत गरेको छ ।
सुरेश खत्री
सम्बन्धित समाचारहरू
सिरिजङ्घा गाउँपालिका–३ मा महिला मतदाता कम
जिल्लामा रिक्त रहेको एक मात्र सिरिजङ्घा गाउँपालिका–३ सिकैँचाको वडाध्यक्ष पदका लागि मङ्सिर १६ गते हुन लागेको उपनिर्वाचनमा कुल मतदाता एक हजार ५ सय २८ रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ…
संक्रमणकालीन न्याय नागरिक निगरानी समितिद्वारा ध्यानाकर्षण
बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष र सदस्यहरुको नियुक्ति पारदर्शी र स्विकार्य हुनुपर्ने माग गर्दै संक्रमणकालीन न्याय नागरिक निगरानी समिति कोशी प्रदेशले जिल्ला प्रशासन कार्यालय…
सङ्क्रमणकालीन आयोगका पदाधिकारीमा निष्पक्ष र सक्षम व्यक्तिलाई सिफारिस गर्न मानव अधिकारकर्मीद्वारा ध्यानाकर्षण
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यका लागि निष्पक्ष र सक्षम व्यक्तिहरूलाई सिफारिस गर्न मानव अधिकारकर्मीहरूले ०८१ कात्तिक २८ गते ध्यानाकर्षण गराएका छन् ।…
निर्वाचन आयोगले देशका विभिन्न ठाउँमा तोक्यो निर्वाचन अधिकृत
स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन अधिकृत नियुक्त गरेको छ । मङ्सिर १६ गतेका लागि तोकिएको उपनिर्वाचनका लागि ३२ जना जिल्ला न्यायाधीश, ६ जना राजपत्राङ्कित कर्मचारीलाई निर्वाचन अधिकृत तोकिएको…
हत्या घटनाका आरोपित गिरफ्तार
डिलाशैनी गाउँपालिका–२ छेपट्टाकी २५ वर्षीया सुनिता बोहराको हत्या गरेको आरोपमा प्रहरीले ३० वर्षीय जेठानी दिपा बोहरालाई ०८१ कात्तिक २७ गते गिरफ्तार गरेको छ । पारिवारिक विवाद हुँदा देउरानी सुनिताको टाउकोमा जेठानी…