नवजात शिशु हत्या गरेको कसुरमा सर्वस्व सहित जन्मकैदको फैसला

आफैँले जन्माएको नवजात शिशुको हत्या गरेको कसुरमा दैलेखको नौमूले गाउँपालिका-४, नौमूलेकी २९ वर्षीया खगी मगरलाई दैलेख जिल्ला अदालतले साउन ३ गते सर्वस्व सहित जन्मकैदको फैसला सुनाएको छ ।

०७४ जेठ ८ गते जन्मेको छोरालाई हत्या गरी जङ्गलमा गाडेको पुष्टी भएपछि आरोपित खगी मगरको नाममा रहको सम्पति सरकारी हुने र आजीवन काराबास बस्नुपर्ने फैसला भएको हो ।

गत असार २ गते दर्ता भएको कर्तव्य ज्यान मुद्दामा जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासबाट सो सजाय भएको अदालतका प्रवक्ता विनोद आचार्यले बताए ।


अमर सुनार