नवजात शिशु हत्याका आरोपित गिरफ्तार

रामेछाप जिल्ला गौसरा-१ घर भई हाल चाँगुनारायण नपा-३ झौखेलमा बस्दै आएकी २१ वर्षीया साईली तामाङलाई नवजात शिशुको हत्या गरेको आरोपमा प्रहरीले चैत १७ गते गिरफ्तार गरेको छ ।

बच्चा जन्माउने महिना पुगेपछि उपचारका लागि आवश्यक पर्ने रकम सापटी लिन पति मेघबहादुर तामाङ गाउँ गएको बेलामा बच्चा जन्माएकी साईलीले घर नजिकैको बाँसघारीमा खाल्डो खनेर बच्चा पुरेको खुलासा भएपछि प्रहरीले साईली तामाङलाई गिरफ्तार गरेर भक्तपुर अस्पतालमा उपचार गराइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी कृष्ण प्रसाईँले जानकारी दिए ।

प्रहरीले शिशुको शव पोष्टमार्टमका लागि त्रिविवि शिक्षण अस्पताल काठमाडौँ पठाएको प्रसाईँले जानकारी दिए ।


सविना केसी