नवजात शिशु फालेको आरोपमा बाबु गिरफ्तार
तीन दिनकी नवजात शिशु (छोरी) फालेको आरोपमा प्रहरीले दुहबी नगरपालिका–१० का ३३ वर्षीय बाबु अमितलाल चौधरीलाई माघ ७ गते गिरफ्तार गरेको छ ।
३० वर्षीया पत्नी विन्दा चौधरीले माघ ४ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा जन्म दिएकी शिशुलाई बाबुले फालेको प्रहरीको भनाइ छ ।
नवजात शिशुलाई माघ ६ गते अमितलालले बराहक्षेत्र नगरपालिका–२ को चारकोसे झाडीमा फालेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी वुद्ध श्रेष्ठले बताउनु भयो ।
नवजात शिशु जङ्गलमा फालिएको अवस्थामा देखेपछि वस्तु चराउन गएका स्थानीयले इलाका प्रहरी कार्यालय महेन्द्रनगरलाई खबर गरेका थिए ।
प्रहरी र जनप्रतिनिधिको टोलीले शिशुको उद्दार गरी शिशुलाई आमाको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी वुद्ध श्रेष्ठले बताउनु भयो ।
माघ ६ गते पतिसँगै पत्नीलाई गिरफ्तार गरेको भएपनि अनुसन्धानका क्रममा पतिको दबावले आफूले छोरी फाल्न दिएको बताएपछि शिशु जिम्मा लगाएर आमालाई छोडिएको डिएसपी श्रेष्ठले बताउनु भयो ।
आरोपितविरूद्ध प्रहरीले जिल्ला अदालत माघ ९ गते कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको छ ।
जयकृष्ण यादव
सम्बन्धित समाचारहरू
गाउँपालिका अध्यक्षद्वारा पत्रकारलाई मार्ने धम्की
दर्शन खबरका संवाददाता कुलेन्द्र शाहीलाई शिवालय गाउँपालिका अध्यक्ष शेरबहादुर शाहीले मार्ने धम्की दिएको पत्रकार शाहीले आरोप लगाउनु भएको छ । शिवालय गाउँपालिका–४ को आधारभुत स्वास्थ्य चौकीमा कर्मचारी आवश्यकता विषयक सार्वजनिक…
आगलागी पीडितलाई इन्सेक प्रतिनिधिको पहलमा रेडक्रस र जिल्ला प्रसाशनबाट सहयोग
इन्सेक प्रतिनिधिको पहलमा मध्यनेपाल नगरपालिका–८ का आगलागी पीडितलाई रेडक्रस जिल्ला शाखा लमजुङले सहायता सामाग्री प्रदान गरेको छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालय लमजुङको विपद व्यवस्थापन समितिबाट पनि नगद १२ हजार …
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
अर्जुनधारा नगरपालिका–८ की ४५ वर्षीया कल्पना पोखरेलको माघ १८ गते हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय पति मनोज बस्नेतलाई माघ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७९ माघ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सूर्यविनायक नगरपालिका–७ गुण्डुका ३९ वर्षीय सौतेनी बाबुलाई प्रहरीले ०७९ माघ २० गते भक्तपुरको गुण्डुस्थित घरबाटै गिरफ्तार गरेको छ । आफ्नै घरमा बालिकालाई ०७९ पुस…
कारागारमा स्वास्थ्यकर्मी नहुँदा समस्या
जिल्ला कारागार नुवाकोटमा स्वास्थ्यकर्मी नहुँदा कैदी बन्दीहरू समस्यामा परेका छन् । कारागारमा छैठौँ तहको अहेबको दरबन्दी रहे पनि उक्त दरबन्दी ६ महिनादेखि रिक्त रहेको कारागार प्रमुख गंगालाल योगीले जानकारी दिनुभयो…