नवजात शिशुको हत्या घटनाका आरोपित आरोपमा गिरफ्तार
हेलम्बु गाउँपालिका-५ महांकालकी २२ वर्षीया रबिना तामाङलाई आफैले जन्माएको नवजात शिशुलाई खाल्डोमा पुरेर हत्या गरेको आरोपमा प्रहरीले ०७९ मङ्सिर १ गते गिरफ्तार गरेको छ ।
आरोपितले नवजात शिशुको ०७९ कात्तिक २९ गते राती जन्म हुने बित्तिकै घरभन्दा ५० मिटर पर बारीमा खाल्डो खनेर जिउँदै गाडेको आरोप छ ।
स्थानीयको सूचनाको आधारमा आरोपित रबिनालाई घरबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी शिव बुढाथोकीले बताउनु भयो ।
घटना स्थल आसपासका स्थानीय बासिन्दाहरूको सूचनाका आधारमा प्रहरी घटनास्थलमा पुगि पुरिएको अवस्थामा शव बरामत गरेको थियो । प्रहरीले मङ्सिर १ गते प्रहरी प्रतिबेदनका आधारमा जाहेरी दर्ता गरेको छ ।
शवको पोष्टमार्टम मङ्सिर १ गते प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा भएको हेलम्बु गाउँपालिका ५ का वडा अध्यक्ष दीपककुमार लामाले बताउनु भयो ।
घटनाको अनुसन्धान जिल्ला प्रहरी कार्यालयले गरिरहेको जिल्ला प्रहरी कार्यालय मुद्दा शाखा प्रमुख हरिबोल के.सी.ले बताउनुभयो ।
आरोपित तामाङको पति तीन वर्ष अघिदेखि मज्दुरीका लागि विदेश रहेका छन् । पति घरमा नभएको अवस्थामा अवैध गर्भबाट शिशुको जन्मभएकोले शिशुको हत्या गरेको आशंका प्रहरीले गरेको छ ।
नातिबावु धिताल
सम्बन्धित समाचारहरू
आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छ – कानुन मन्त्री गाहा मगर
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयले माघ २० गते पोखरामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी प्रदेश सरकारको दायित्व र भूमिका’ विषयक कार्याशाला गोष्ठी सम्पन्न गरेको छ ।…
सासूमाथि अमानवीय व्यवहार गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
पञ्चदेवल विनायक नगरपालिका–६ तोलीकी ५३ वर्षीया सासुू जयसरा न्यौपानेलाई अपमानजक र अमानवीय व्यवहार गरेको ठहर गर्दै जिल्ला अदालत, अछामले माघ १९ गते बुहारीद्धय ३५ वर्षीया धर्मा न्यौपाने र ३० वर्षीया…
बलात्कार गरेको कसुरमा १३ वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा साँफेबगर नगरपालिका–११ बाब्लाका ३८ वर्षीय देवेन्द्रबहादुर कुँवरलाई जिल्ला अदालत, अछामले १३ वर्ष कैद र पाँच लाखको क्षतिपुर्तिको फैसला माघ १९ गरेको छ । जिल्ला…
दलित लक्षित अभिव्यक्ति दिएको घटनाका आरोपितलाई कारबाहीको माग
सिंजा गाउँपालिका–२ घोडेङ्गका ४० वर्षीय गौरीलाल जैशीले माघ १६ गते सामाजिक सञ्जाल फेसबुकमा स्टाटसमार्फत् दलित समुदाय लक्षित विभेदपूर्ण भाषा प्रयोग गरी दुव्र्यवहार गरेको आरोपमा कारवाहीको माग गरिएको छ । उहाँले…
बलात्कार कसुरमा ज्येष्ठनागरिकलाई जन्मकैदको फैसला
बालिका बलात्कारको कसुरमा जिल्ला अदालतले भानु – १० का ७३ वर्षिय ज्येष्ठनागरिकलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको ०७९ माघ १८ गतेको इजलासले बालिका बलात्कारको अभियोग दावी पुग्ने…