नवजात शिशुको हत्या गरेको कसुरमा १२ वर्षको कैद फैसला 

  ०७५ फागुन १९ गते

नवजात शिशुलाई जन्मने बित्तिकै हत्या गरेको कसुरमा जिल्ला अदालतले १७ वर्षीया ‘बालिका आमा’ लाई १२ वर्ष ६ महिना सुधार गृहमा राख्न र फलेवास नगरपालिका–१० कुर्घाका २५ वर्षीय मनबहादुर मल्ललाई ६ वर्ष कैद सजायको फैसला सुनाएको हो ।

अदालतको फागुन १५ गतेको फैसलाले दुवै जना आरोपितलाई सो कैद सजायको फैसला सुनाइएको अदालतले जनाएको छ । आरोपितले भदौ १८ गते आफ्नै घरमा शिशुलाई जन्म दिएर हत्या गरेको आरोप थियो ।

छिमेकीहरुले नहरमा मृत अवस्थामा शिशुको शव भेटेपछि भदौ १९ गते प्रहरीलाई खबर गरेका थिए । प्रहरीले अनुसन्धानका क्रममा दुवै जनालाई भदौ २० गते गिरफ्तार गरेको थियो ।

कर्तव्य ज्यान मुद्धा अन्तर्गत गत असोज १५ गते पर्वत जिल्ला अदालतले जन्म दिने बालिकालाई सुधारगृह र मल्ललाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश जारी गरेको थियो ।

फागुन १५ गते भएको फैसलाले उक्त सजाय सुनाएको हो । मृतक शिशुको भदौ २४ गते नै जिल्ला स्वास्थ्य कार्यालय पर्वतमा पोष्टमार्टम गरिएको थियो


सन्तोष थापा