नवजात शिशुको हत्या गरेको कसुरमा आमा सुधारगृहमा

  ०७५ असोज १७ गते

नवजात शिशुलाई कुलोमा बगाएर हत्या गरेको कसुरमा जिल्ला अदालतले असोज १५ गते १७ वर्षीय ‘बालिका आमा’लाई सुधारगृहमा पठाउने फैसला गरेको छ ।

न्यायाधीश सुर्यबहादुर थापाको इजलासले बालिकालाई सुधार गृहमा पठाउने फैसला गर्नुका साथै बालिका आमाका २५ वर्षीय प्रेमी मनबहादुर मल्ललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

नवजात शिशुलाई आमाले भदौ १८ गते आफ्नै घरमा शिशुलाई जन्म दिएर पानीको नहरमा बगाएको आरोपमा प्रहरीले आमासहित उनका प्रेमी मल्ललाई भदौ २० गते गिरफ्तार गरेको थियो । शवको पोष्टमार्टम भदौ २४ गते जिल्ला स्वास्थ्य कार्यालय पर्वतमा गरिएको थियो ।


सन्तोष थापा