नर्वेजियन दूतावासका प्रतिनिधि टोली र नागरिक समाजका प्रतिनिधिबिच अन्तरसम्वाद
नर्वेजियन दूतावासका प्रतिनिधि टोलीले बाँके जिल्लाका नागरिक समाजका प्रतिनिधिहरूसँग मङ्सिर २० गते अन्तर सम्वाद गरेको छ ।
छलफलको क्रममा अभियान नेपालकी प्रमुख कमला पन्तले महिला माथि हुने शारीरिक हिंसा मात्र बाहिर आउने गरेको र मानसिक, सामाजिक र राजनितिक रुपल हुने हिंसा बाहिर आउन नसकेको बताउनु भयो ।
उच्च अदालत बार एशोसिशनका सचिव पदम पाण्डेले आर्थिक, सामाजिक ,सांस्कृतिक तथा राजनीतिक अधिकारमा जोड दिनुपर्ने बताउदै सङ्घ संस्थाले आफूले गरेको कामको प्रभावका बारेमा अभिलेख राख्नु पर्ने बताउनु भयो ।
राष्ट्रिय मानव अधिकार आयोगकी द्वारिका अधिकारीले विभिन्न क्षेत्रमा कार्य गर्ने संघ संस्थाहरूसँग सहकार्य गरेर काम गरी रहेको बताउनु भयो ।
मानव अधिकार आयोगमा बाल विवाह, घरेलु हिंसा, बलात्कार, दाइजो जस्ता घटनाहरू आउने गरेको बताउदै अधिकारीले पीडितको न्यायसँगै सुरक्षा चुनौती रहेको बताउनु भयो ।
अधिवक्ता बसन्त गौतमले बाल सुधार गृहमा क्षमता भन्दा बढी सङ्ख्यामा बाल बालिकालाई राखेकोले यसमा सबै सरोकारवालाको ध्यान जानु पर्ने बताउनु भयो ।
कमीट नेपालका प्रमुख केशव नेपालीले दलित समूदायका जन्मदर्ता र नागरिकता नभएका कारण राज्यले सेवा सुविधाबाट वञ्चित हुनेको संख्या बढी रहेको बताउदै भुमीहिन तथा जनता आवासको कार्यक्रमबाट समेत वञ्चित रहेको बताउनु भयो ।
तेस्रो लिङ्गीको अधिकारमा काम गर्दै आएकी परिना चौधरीले समलिङगीहरूलाई समाजले स्वीकार्न नसकेको बताउनु भयो ।
यसैगरी, नर्वेजियनको टोलीले हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पर्यवेक्षण गर्ने इन्सेकका पर्यवेक्षकहरूसँग छलफल गरी अनुभव आदान प्रदान गरेको थियो ।
छलफलमा नर्वेजियन दुतावासका प्रतिनिधि एन्डेरा सिल्कोसेट र एनेला खान, इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतम, व्यवस्थापन प्रमुख सुवेच्छा खड्का, लुम्बिनी प्रदेश संयोजक भोला महत रहेका थिए ।
लक्ष्मी थारू
सम्बन्धित समाचारहरू
न्याय सम्पादनमा ढिलाईका कारण २९ वर्ष सम्मका आरोपित बालसुधार गृहमा बस्न बाध्य
बाँके जिल्ला जिल्लाको जयन्दु बाल सुधार गृहमा रहेका बालबालिकाहरूको अदालतबाट न्याय सम्पादनमा ढिलाई भएका कारण २९ वर्ष सम्मका आरोपितहरू बाल सुधार गृहमा बस्न बाध्य छन् । जसका कारण बाल सुधार…
जनप्रतिनिधिले कुटपिट गरेको पीडितको आरोप
चौदण्डीगढी नगरपालिका-९ का २८ वर्षीय राकेश हुजदारलाई वडाध्यक्ष ४३ वर्षीय प्रकाश राउतले माघ २४ गते कुटपिट गरी दायाँ हात भाँचिदिएको आरोप पीडितले लगाउनु भएको छ । चौदण्डीगढी नगरपालिका-९ पश्चिम ज्यामिरेस्थित…
दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही प्रभावित
सिन्धुली अस्पतालमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य सेवाग्राहीले पाउने पर्ने सेवा प्रभावित भएको छ । अस्पतालमा करिव दुई महिना देखि भिडियो एक्सरे सेवा बन्द भएको छ । जसका कारण सेवा…
बालिका हत्याको कसुरदारलाई जन्मकैदको फैसला
बर्दिवास नगरपालिका १४ सुगमवस्तीका सादिम आलमको ६ वर्षीया छोरी गुलबसा खातुनलाई ०७७ साल मङ्सिर ७ गते हत्या गरेको कसुरमा जिल्ला अदालत महोत्तरीले सोही ठाउँका २६ वर्षीय अरुण कुमार सहलाई माघ…
नाबालक छोरी हत्याको आरोपमा आमालाई जन्मकैदको फैसला
तीन वर्षीया नाबालक छोरीलाई बिष खुवाई हत्या गरेको कसूरमा दैलेख जिल्ला अदालतले माघ २४ गते आमालाई जन्मकैद फैसला गरेको छ । दाङ्ग जिल्लाको घोराही उपमहानगरपालिका–१२ रतनपुर विवाह भएकी २२ वर्षीया…