नयाँ सरकारका लागि राष्ट्रपतिबाट आह्वान

  ०७९ पुस ३ गते

राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ३ गते नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ । सात दिनभित्र दुई वा दुईभन्दा बढी दलको समर्थन लिएर प्रधानमन्त्रीको नाम दिन राष्ट्रपति भण्डारीले आह्वान गर्नु भएको हो ।

निर्वाचन परिणामसहितको प्रतिवेदन प्राप्त भएकाले संविधानको धारा ७६ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत नदेखिएको अवस्थामा धारा ७६ को उपधारा (२) बमोजिम राष्ट्रपतिबाट सरकार गठन प्रक्रियाका लागि आह्वान गरिएको राष्ट्रपति कार्यालयद्वारा पुस ३ गते जारी विज्ञप्तिमा उल्लेख छ ।

उक्त धाराअनुसार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नका लागि पुस १० गते आइतबार साँझ ५ बजेभित्र दावी पेस गर्न राष्ट्रपतिबाट आह्वान भएको जारी विज्ञप्तिमा उल्लेख छ ।

rastrapati-bighyapri-1489x2048


अनलाइन डेस्क