नयाँ शाक्ति पार्टीका उम्मेदवारबाट आचारसंहिता उल्लङ्घन
नयाँ शाक्ति पार्टीका सन्धिखर्क नगरपालिका-७ का उम्मेदवार फर्सबहादुर नेपालीले आचारसंहिता उल्लङ्घन गरी चामल वितरण गरेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।
उम्मेदवार नेपालीले असार १० गते दिउँसो मतदातालाई चामल, रसायनिक मल, र नुन वितरण गर्न लागेको भन्ने सूचनाको आधार जिल्ला आचारसंहिता अनुगमन समितिले उक्त ठाउँमा अनुगमन गरको थियो ।
अनुगमनका क्रममा उक्त चामल, नुन, र रसायनिक मल पहले नै खरिद गरेको बिल भरपाई नभेटिएको, सबै बुझदा आचारसंहिता विपरीत भएको देखिएपछि सबै सामानमा 'सिल' गरिएको आचारसंहिता अनुगनमन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्रीले जानकारी दिए ।
अनुगमन समितिका संयोजक खत्रीले भने-'केही चामल वितरण हुँदै थियो । ६ बोरा चामल वितरण हुन लागेकै अवस्थामा हामी पुगेका थियौँ । स्थानीयले सूचना गरेपछि उक्त स्थानमा पुग्दा उम्मेदवारले घरमै पसल भएकोले विक्री वितरण गर्न लागेको भनी जानकारी दिए । हामिले २० बोरा चामल, तीन बोरा नुन, ६ बोरा रसायनिक मलमा 'सिल' गरेका छौँ ।
निर्वाचन आचारसंहिता अनुसार आचारसंहिता लागु हुने समयसम्म मतदातालाई प्रभाव पार्ने किसिमले कसैले वस्तु वा जिन्सी सामग्री वितरण गर्न पाइदैन ।
नारायाण भुसाल
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
दुप्चेश्वर गाउँपालिका -७ नुवाकोट घर भई दक्षिणकाली नगरपालिका -६ बस्दै आएकी ४५ वर्षीया डोल्मा शेर्पाको हत्या गरेको आरोपमा प्रहरीले ६० वर्षीय पति जितबहादुर शेर्पालाई असोज २० गते भक्तपुरबाट गिरफ्तार गरेको…
खानेपानी अभाव हुँदा सेवाग्राही समस्यामा
जयपृथ्वी नगरपालिका–७ स्थित सुबेडा स्वास्थ्य चौकीमा खानेपानीको समस्या हुँदा सेवाग्राही समस्यामा परेका छन् । पानीको अभाव भएका कारण एक घण्टाको बाटो हिडेर खोलाबाट पानी बोकेर पिउनका लागि जम्मा गर्नु परेको…
स्वास्थ्य चौकीमा खानेपानीको अभाव हुँदा बिरामीलाई समस्या
अमरगढी नगरपालिका–३ स्थित घटाल स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि बिरामीलाई समस्या भएको छ । स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि सेवा लिन आउने गर्भवती, सुत्केरी, बिरामी र स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीलाई…
कोशी प्रदेशमा मनसुनजन्य विपद्: पाँच जिल्लाका १८ ओटा विद्यालयमा क्षति
कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुन ०८१ असोज १० गतेदेखि पुन सक्रिय भएपछि मनसुनजन्य प्राकृतिक विपदका कारण ४ अर्ब ६३ करोड ५० लाख रुपियाँ बराबरको भौतिक पूर्वाधारमा…
बाढी प्रभावित र प्रहरीबिच झडप, दुई जना प्रहरीसहित चार जना घाइते
भोक्राहा नरसिंह गाउँपालिकामा बाढी प्रभावित र प्रहरीबिच भएको झडपमा एक जना प्रहरीसहित तीन जना घाइते भएका छन् । बाढी प्रभावितहरूले भोक्राहा नरसिंह गाउँपालिका कार्यालय असोज २१ गते घेराऊ गरी राहत…