नयाँशक्तिका कार्यकर्तामाथि वाइसिएलका कार्यकर्ताद्वारा आक्रमण
राप्ती गाउँपालिका-१ भालुवाङ निवासी नयाँ शक्ति पार्टी नेपालका कार्यकर्ता ३२ वर्षीय जीवलाल न्यौपानेलाई वाइसिएलका राप्ती गाउँपालिका इञ्चार्ज दीपक पुनले जेठ २३ गते कुटपिट गरेको पीडित पक्षको आरोप छ ।
भालुवाङ राप्ती पुल नजिकै हिँडिरहेका बेला आरोपित पुनले एकाएक कुटपिट गर्दा पीडित न्यौपानेको मुखमा गम्भीर चोट लागेको छ । घाइते न्यौपानेको स्थानीय मेडिकलमा प्राथमिक उपचारपछि भैरहवाको युनिभर्सल मेडिकल कलेजमा लगिएको छ ।
पीडित परिवारले छुरा प्रहार गरेको बताएपनि प्रहरीले मुक्का हानेको र हतियारको प्रयोग नभएको पाइएको जनाएको छ । न्यौपानेको माथिल्लो ओठ र नाकसम्म काटिएर गम्भीर चोट लागेको छ ।
न्यौपानेले राप्ती पुलमा टाँगिएको माओवादी केन्द्रको चुनावी झण्डा फालिदिएको वाइसिएल इञ्चार्ज दीपक पुनले आरोप लगाएका छन् भने न्यौपानेले आफूलाई झण्डाको विषयमा कुनै जानकारी समेत नभएको र पार्टीले थालेको चुनावी गतिविधिलाई निस्तेज गर्न आफूमाथि आक्रमण गरिएको बताएका छन् ।
यसअघि जेठ २२ गते मात्रै पीडित न्यौपानेका दाजु तथा नयाँ शक्ति पार्टी राप्ती गाउँपालिका संयोजक होमप्रसाद न्यौपाने र नयाँ शक्तिका राप्ती गाउँपालिकाका अध्यक्षका उम्मेदवार नन्दकुमार चौधरीलाई पैसा बाँडेको भन्दै तीनै दीपक पुनलगायतको समूहले कुटपिट गरेको थियो ।
उम्मेदवार चौधरी र पार्टीका संयोजक तथा दाजु होमलाल न्यौपानेलाई कुटपिट गरेको २४ घण्टा नबित्दै जीवलाल न्यौपानेलाई आक्रमण गरेको प्रहरीले जनाएको छ ।
आफ्ना उम्मेदवार, नेता तथा कार्यकर्तामाथि कुटपिट गर्दा पनि मुकदर्शक भएको भन्दै नयाँशक्ति पार्टीका कार्यकर्ता तथा स्थानीय एवम् पीडितका आफन्तहरूले इलाका प्रहरी कार्यालय भालुवाङमा जेठ २३ गते राति ८ बजेदेखि ३ बजेसम्म नारावाजी गरेपछि कुटपिट गरी भागेका वाइसिएल इञ्चार्ज पुनलाई गिरफ्तार गरी थुनामा राखेको जिल्ला प्रहरी कार्यालयका एसपी धिरजप्रताप सिंहले बताए । उनले घटनाको अनुसन्धान भइरहेको बताएका छन । पीडित परिवार तथा पार्टीका नेता, कार्यकर्ताहरूले कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा जेठ २४ गते ध्यानाकर्षण पत्र बुझाएका छन् ।
जे.एन.सागर
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिकाका–३ डोङ्पुरका २० वर्षीय आरजु चौधरीलाई ०८१ माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ १८ गते बलात्कार…
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीलाई मातृशोक
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीकी ममतामयी आमा चन्द्रावती अधिकारीको ९२ वर्षको उमेरमा २०८१ माघ ४ गते असामयिक निधन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष डा. कुन्दन अर्यालद्वारा…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शिवराज नपा–६, पैकेबण्डाका ३० वर्षीय उमर थारु कुजडा विरुद्ध इलाका प्रहरी कार्यालय, चन्द्रौटामा ०८१ माघ २ गते उजुरी दर्ता भएको छ । पीडित महिलालाई…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मायादेवी गाउँपालिका–६ का २३ वर्षीय मनिष कुर्मीलाई प्रहरीले ०८१ माघ २ गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २९ गते यौन दुर्व्यवहार…
सशस्त्र द्वन्द्वका पीडितको सेवा सुविधा कटौती नगर्न मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षण
सशस्त्र द्वन्द्वका पीडितलाई राहत, परिपूरण, न्याय र संस्थागत सुधारसँग जोडिएको भत्ता सुविधा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय भएकाले विगतदेखि पाउदै आएको सुविधालाई कटौती नगरी विगतमा जस्तै सुविधा यथावत पाउने गरी कार्यविधि…