नयाँकिरण मावि मतदान केन्द्रमा स्थगित मतदान पुनः सुरु
भरतपुर महानगरपालिका-११ को नयाँकिरण मावि मतदान केन्द्रमा स्थगित गरिएको मतदान पुनः सुरु भएको छ ।
दुई पक्षबीच विवाद र झडप भएपछि रोकिएको मतदान सर्वदलीय बैठकमा चार बुँदे सहमति भएसँगै मतदान पुनः सुरु गरिएको हो ।
निर्वाचन आचारसंहिता उल्लङ्घन गरेकोमा रास्वपालाई माफी माग्न लगाउने र आचारसंहिता उल्लङ्घन भएको कुरा मुख्य निर्वाचन अधिकृतलाई जानकारी गराउने निर्णय भएसँगै मतदान पुनः सुरु भएको हो । मतदान स्थल बाहिर दलका कार्यकर्ताले नाराबाजी गरेपछि मतदान रोकिएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने मतदान स्थलमा आएलगत्तै उनका समर्थकहरूले लामिछानको पक्षमा नाराबाजी गरेपछि विपक्षी दलका कार्यकर्ताले नाराबाजी गरेका थिए । त्यसक्रममा रास्वपाका समर्थक र विपक्षी दलका कार्यकर्ताबीच धकेलाधकेल भएको थियो ।
अहिले सो मतदान केन्द्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको निर्वाचन कार्यालयका सहायक अधिकृत इश्वर आचार्यले जानकारी दिनुभयो ।
दिपेन्द्र अधिकारी
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले सुनकोशी गाउँपालिका-१० का ३५ वर्षीय छविरमण धमलाविरूद्ध प्रहरीमा उजुरी दिएको छ । पीडित महिलालाई आरोपितले ०८० असार २५ गते बलात्कार गरेको आरोपमा…
यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ज्वालामूखी गाउँपालिका-२, मैदीका २० वर्षीय दिपक विक विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० असोज ५ गते उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा उमाकुण्ड गाउँपालिका–१, गुम्देलका १७ वर्षीय बालकलाई प्रहरीले ०८० असोज ५ गते गाउँबाटै गिरफ्तार गरेको छ । महिलालाई आरोपितले भदौ २३ गते घरमा एक्लै रहेको बेलामा…
अपिहिमाल गाउँपालिकाको व्याँसमा खाद्यान्न अभाव, स्थानीय समस्यामा
अपीहिमाल गाउँपालिकाको खण्डेश्वरी र व्याँस गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । चाडपर्व नजिकिएसँगै गाउँमा खाद्यान्न अभाव भएको छ । खाद्य डिपोमा खाद्यान्न मौज्दात नभएपछि चाडपर्वमा स्थानीयलाई खाद्यान्न महंगो पर्ने भएको…
जलवायु परिवर्तन मानव अधिकारको गम्भीर मुद्दा रहेको एसिया प्रशान्त मञ्चको ठहर
मानव अधिकारका विविध विषय समेटिएको १५ बुँदे घोषणापत्र जारी गर्दै मानव अधिकार संयन्त्रको एशिया प्रशान्त मञ्चको २८ औँ वार्षिक साधारण सभा भारतको नयाँ दिल्लीमा असोज ४ गते सम्पन्न भएको छ…