नबालक छोराको हत्यापछि आमाद्वारा आत्महत्या
बरहथवा-११ हिरापुर की २२ वर्षीया सविता पालले पुस २१ गते पाँच वर्षीय छोरा अमन पाललाई विष खुवाएर हत्या गरी आफूले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।
विष सेवन गराइएका तीन वर्षीय छोरा प्रिन्स पालको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी सिताराम रिजालले बताए ।
प्रिन्सलाई उपचारका लागि पर्साको वीरगञ्जस्थित नेशनल मेडिकल अस्पतालमा पठाइएको रिजालले जानकारी दिएका छन् । विष सेवन गर्नुको कारण खुल्न नसकेको पनि उनले बताए ।
यसअघि पिपरिया-३ की ३० वर्षीया गुन्द्रदेवी पण्डितले गरिबीका कारण १० वर्षीया छोरी चन्दाकुमारीको हत्या गरी आत्महत्या गरेको घटना सार्वजनिक भएको थियो ।
सन्तोषकुमार सिंह
सम्बन्धित समाचारहरू
औषधि र स्वास्थ्यकर्मी अभाव हुँदा स्वास्थ्य सेवा प्रभावित
आमाछोदिङमो गाउँपालिकाका स्वास्थ्य संस्थाहरुमा औषधि र स्वास्थ्यकर्मी अभाव भएपछि नियमित उपचार सेवा प्रभावित भएको छ । हाकु स्वास्थ्य चौकीमा एक जना पनि स्थायी कर्मचारी छैनन् । पाङलिङ, गेर र नेसिङमा…
बाढीले पुल बगाएपछि समस्यामा विद्यार्थी
असोज १० देखि १२ गते सम्मको वर्षापछि त्रिशुली बढेर झोलुङ्गे पुल बगाउँदा शहिद लखन गाउँपालिका–४ ठेउवाटारका विद्यार्थीलाई विद्यालयसम्म पुग्न समस्या परेको छ बाढीले चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानी र शहिद लखन…
मुगुका महिलामा पाठेघरको समस्या बढ्दै
मुगुका अधिकांश महिलामा पाठेघरको समस्या बढ्ने गरेको छ । पर्याप्त पोषणयुक्त खानाको अभावले पाठेघर खस्ने समस्या देखिने गरेको हो । प्रजनन् अङ्ग परिपक्क नहुँदै आमा बन्ने, गर्भवती र सुत्केरी अवस्थामा पनि…
समस्यै समस्यामा जिल्ला अस्पताल, स्वास्थ्य सेवाबाट सेवाग्राही वञ्चित
कोशी प्रदेशमा रहेका जिल्ला अस्पतालमा स्वास्थ्य उपकरणदेखि स्तरन्नोतिमा समस्यै समस्या रहेको इन्सेक अनुगमनका क्रममा पाइएको छ । जिल्ला अस्पतालमा विविध खाले समस्याका कारण सेवाग्राही स्वास्थ्य सेवाबाट समेत वञ्चित हुनु परेको…
चक्रिवाङ्गका २५ घरधुरी खानेपानीबाट वञ्चित
प्यूठान नगरपालिका-३, चक्रिवाङ्ग गाउँका २५ घरधुरी वर्षौँदेखि स्वच्छ खानेपानीबाट वञ्चित भएका छन् । वर्षौँदेखि रहेको बस्तीमा सरकारले खानेपानीको व्यवस्था नगर्दा चक्रिवाङ्ग गाउँका नागरिकहरू बस्ती नजिकै बाट बगेको जुम्रीखोलाको दुषित पानी…