नफलेको कोदो देखाउँदै मतदाताको गुनासो जनताको समस्या समाधान कहिले हुन्छ ?

  ०७९ कात्तिक १६ गते

गंगाजमुना गाउँपालिकाका कोदो खेती गर्ने किसानहरू चुनावको बेला भोट माग्न आएका नेताहरूसँग रुष्ट भएका छन् ।

मतदाता खुसी पार्न विकासको मुल फुटाउने भाषण गरेका नेताहरूलाई दुई वर्षदेखि कोदा नफलेर समस्या भोगेका किसानहरूले किसानको समस्या समाधान गर्नेलाई मात्र भोट दिने बताएका छन् । उहाँहरूको गुनासो ५ जनताकाे समस्या कहिले हुन्छ ?

NSP Gumdi Maiti maua Tamang Kodo katdai

गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले गंगाजमुना गाउँपालिका वडा नं. १ मा आचारसंहिता विपरीत चुनावी सभा गरेको छ भने एमालेले कोठाभित्रको कार्यक्रम आयोजना गरेको थियो ।

गतवर्ष ब्याडमा राखिएको कोदो राम्रो भए पनि बारीमा रोपेपछि अघिल्लो वर्षमा जसरी कम मात्र सप्रिने (ठूलो हुने), केही समयपछि बोटमा गबारो लाग्ने, डाँठ सुक्ने, बाला लाग्नु पर्ने अवस्थामा बाला नलाग्ने समस्या आएको गुनासो भोट माग्न आएका किसानहरूले गरेका थिए । तर, भोटमाग्न आएका नेताहरूले गाउँबासीको समस्या नै नभएको जसरी बेवास्ता गरेको किसानहरूको गुनासो छ ।

तामाङ र गुरुङ समूदायको बाहुल्यता रहेको यो क्षेत्र समुद्री सतहबाट १ हजार ५ सय मिटरदेखि १ हजार ७ सय मिटरमा पर्दछ ।

गुम्दी र रि क्षेत्रमा अधिंकांशले लगाउने मुख्य बाली कोदो भएकोले उत्पादन नभएपछि गाउँमा खाद्यान्न समस्या आउने अवस्था आएको गंगाजमुना गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष बलबहादुर तामाङले बताउनुभयो ।

सबैले खाने खाने र पहाडमा पल्ने आफ्नो मुख्य बालीनै आम रुपमा सखाप भएपछि गाउँबासीले गतवर्ष नै गाउँपालिकामा जानकारी गराएका थिए ।

समस्या समाधानका लागि गाउँपालिकाले कोदो रोपिसकेपछि वडा नम्बर १ र २ को रि गाउँ क्षेत्रमा डिएपि मल पठाएकोर वडा नम्बर ३ को चिमचोकमा गबारो नियन्त्रणको लागि किटनाशक औषधि पठाएको गाउँपालिका कृषि शाखाका प्रमुख प्रसान्त अधिकारीले बताउनुभयो ।

तर, समस्याको विषयमा अनुसन्धान नभएकोले गर्दा उनिहरूको समस्यामाथि राजनिति गर्नेहरूले समेत बेवास्ता गरेको रि गाउँका आइत तामाङको गुनासो छ।

सोही क्षेत्रमा पोषण र कृषि क्षेत्रमा काम गरिरहेको लिबर्डमा कार्यरत कृषि विज्ञ विजय पौडेलले यस क्षेत्रको कोदोमा गबारो जातको किरा भेटिएको, पातमा थोप्ले (ब्लाष्ट) जस्तो देखिने रोग लागेको र माटोमा फस्फोरसको कमी भएको अनुमान गर्नुहुन्छ ।

समस्या समाधानका लागि विस्तृत रूपमा माटो परीक्षण गरेर मात्र समस्या समाधान गर्नसकिने कृषि विज्ञको सुझाव भए पनि खास चासो नहुँदा रि र गुम्दी बासीले यस वर्ष भोकमरीको सामना गर्नुपर्ने अवस्था आएको छ ।

कोदो टिप्नु पर्नेबेलामा गंगाजमुना गाउँपालिका वडा नम्बर ३ चिमचोकका रामबहादुर तामाङले ५ रोपनीको कोदो काटेर गाइबस्तुलाई खुवाउनुभएको छ । यसमा कति पनि फल लागेन ।

कोदोमा बाला नलागेर गुम्दी र रि गाउँका २ हजार भन्दा बढी परिवार समस्यामा परेका छन् ।

१० मुरीसम्म कोदो फल्ने बारीमा १०/१२ पाथी पनि नफलेको र यस वर्ष गाइबस्तुलाई खुवाउनु परेकोले गाउँमा कोदोको कारण खाने कुराकोअभाव हुने अवस्था आएको गंगाजमुना गाउँपालिका वडा नं. २ का वडाअध्यक्ष बलबहादुर तामाङको भनाइ छ ।

kodo katesi jamin tayari gumdi


सीताराम अधिकारी