नन्दप्रसाद अधिकारीको शव पाँच वर्षदेखि टिचिङमा नै !
छोराका हत्याराहरूमाथि कानुनी कारबाहीको माग गर्दै आएका गोरखा फुजेलका नन्दप्रसाद अधिकारीको मृत्यु भएको पाँच वर्ष पुगेको छ ।
१७ वर्षीय छोरा कृष्णप्रसाद अधिकारीको हत्याका आरोपितहरूलाई कानुनी कारबाहीको माग गर्दै अनसन बसेका नन्दप्रसादको ३ सय ३४ दिनको दिन ०७१ असोज ६ गते मृत्यु भएको थियो ।
उनको मृत्युको पाँच वर्षपुगेको दिनको अवसर पारेर विभिन्न अधिकारकर्मीहरूले असोज ६ गते वीर अस्पतालमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको बताए ।
कार्यक्रममा नन्दप्रसादकी पत्नी गङ्गामाया अधिकारीले आफ्नो पतिको मृत्यु भएको यतिका वर्षसम्म पनि आफ्ना मागहरूको सुनुवाइ सरकारले नगरेको र अबका दिनमा आफू पनि अनसन नै बसेर मृत्युलाई स्वीकार गर्ने बताएकी छन् ।
पाचौँ स्मृति दिवसका अवसरमा राष्ट्रिय मानव अधिकार सङ्गठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालले नन्दप्रसादको शवलाई समेत न्याय दिन नसकेको आरोप लगाए ।
अधिकारकर्मी चरण प्रसाईले गङ्गामायालाई नेपाल सरकारले नै न्याय दिनु पर्ने बताउँदै भने-'यदि सरकारले न्याय नदिने हो भने अन्तर्राष्ट्रिय ढोका ढ्कढक्याउन जान आफूहरूलाई बाध्य नबनाउन आग्रह गरे ।
गङ्गामायाका छोरा कृष्णप्रसाद अधिकारीको ०६१ जेठ २४ गते चितवनमा तत्कालीन माओवादीका कार्यकर्ताले निर्ममतापूर्वक हत्या गरेको भन्दै आरोपितलाई पहिचान गरी कारबाहीको मागसहित उनी लामो समयदेखि सङ्घर्षरत छिन् । नन्दप्रसाद अधिकारीको शव टिचिङ्ग अस्पतालमा रहेको छ ।
विमला पौडेल
सम्बन्धित समाचारहरू
१५ वर्षदेखि टहरामा पढ्दै छन् दुम्लिङका चेपाङ बालबालिका
धादिङको बेनीघाट रोराङ गाउँपालिका-२, दुम्लिङस्थित सहारा आधारभूत विद्यालयमा १५ वर्षदेखि चेपाङ बालबालिका टहरामा पढ्दै आएका छन् । अत्यन्त गरिब र बिहान बेलुकी छाक टार्न समेत धौ धौ पर्ने चेपाङ समुदायका…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
४० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा रोशी गाउँपालिका-९, नार्केस्थित सागर मेडिकलका सञ्चालक ५० वर्षीय चेतन रामलाई प्रहरीले ०८० मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले मङ्सिर…
ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार
गोसाइकुण्ड गाउँपालिका-५, सानो भार्खुका बुबा ६६ वर्षीय छेवाङ तामाङको लाठीले टाउकोमा हानेर हत्या गरेको आरोपमा ४० वर्षीय गोपाल तामाङलाई प्रहरीले ०८० मङ्सिर १५ गते गिरफ्तार गरेको छ । मदिरा सेवन…
भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणको काम शुरु
विनासकारी भूकम्पले घरमा क्षति गरेपछि त्रिपालमुनि बसेका पीडितहरुका लागि अस्थायी आवास निर्माणमा पहिलो किस्ता रकम स्थानीय तहमा पठाएपछि निर्माणको काम शुरु भएको छ । विपद व्यवस्थापन कोषमा जम्मा भएको रकम…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका-६ बर्मेली टोलका ३४ वर्षीय जगतमणि आर्चायलाई मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० मङ्सिर ८ गते बलात्कार…