नन्दप्रसादको चौथो स्मृति दिवसमा अभियन्ताद्वारा न्यायको माग
सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले छोरा कृष्णप्रसाद अधिकारीको गोली हानी हत्या गरेको घटनाका दोषीलाई कारबाहीको माग गर्दै न्यायको लडाइँ लडिरहेकी गोरखा फुजेलकी गङ्गामाया अधिकारीलाई न्याय दिन अभियन्ताले सरकार र न्यायालयसँग माग गरेका छन् ।
छोराको हत्या घटनाका दोषीलाई कारबाहीको माग गर्दै आमरण अनसनरत अवस्थामा ०७१ असोज ६ गते वीर अस्पतालमा मृत्युवरण गरेका नन्दप्रसाद अधिकारीको चौथो वर्षको स्मृति दिवसको अवसरमा असोज ६ गते काठमाडौँमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा सहभागी अभियन्ताले सो माग गरेका हुन् ।
मानव अधिकार सङ्गठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालले द्वन्द्वपीडितको न्यायको खोजीमा सहयोग गर्नुपर्नेमा सरकार षडयन्त्रमा लागेको आरोप लगाए ।
छोराको हत्या घटनाका दोषीलाई कारबाहीको माग गर्दै अनशनरत अवस्थामै नन्दप्रसादको मृत्यु भएको चार वर्ष पूग्दासम्म उनको शव दाहसंस्कार गर्ने कार्यमा राज्य पक्षले वातावरण निर्माण गर्न नसकेको अभियन्ताहरूको आरोप छ । उनको शव हालसम्म महाराजगञ्जस्थित शिक्षण अस्पतालको शवगृहमा राखिएको छ ।
कार्यक्रममा गङ्गामायाले छोराको हत्या घटनाका दोषीलाई कारबाही नभएसम्म न्यायको लडाइँ लडिरहने बताइन् । उनले भनिन्-“मैले न्याय मागेको हो । न्याय नपाएसम्म लडिरहन्छु ।”
हजुर बुवालाई भेट्न गोरखाबाट चितवन पुगेका कृष्णप्रसादलाई ०६१ जेठ २४ गते तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले रत्ननगरस्थित बकुल्लहर चोकमा गोली हानी हत्या गरेका भन्दै पीडित परिवारबाट चितवन प्रहरीमा उजुरी परेको थियो ।
सो घटनाको आरोपित भनिएका १३ जनामध्ये १२ जनालाई चितवन जिल्ला अदालतले सफाई दिने आदेश दिएपछि सरकारप्रति शङ्का बढेको वरिष्ठ अधिवक्ता बावुराम गिरीले बताए ।
अभियन्ता ओमप्रकाश अर्यालले सरकारी कामकाजका कारण न्याय प्राप्तिका लागि अन्तर्राष्ट्रिय समुदायलाई अपिल गर्नुपर्ने वातावरण निर्माण बनेको बताए । पत्रकार कनकमणी दिक्षितले न्यायको अभियानमा गङ्गामाया अघीअघि र अफूहरु पछिपछि लागिरहने बताए ।
फोटोः विमलचन्द्र शर्मा
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
१५ वर्षदेखि टहरामा पढ्दै छन् दुम्लिङका चेपाङ बालबालिका
धादिङको बेनीघाट रोराङ गाउँपालिका-२, दुम्लिङस्थित सहारा आधारभूत विद्यालयमा १५ वर्षदेखि चेपाङ बालबालिका टहरामा पढ्दै आएका छन् । अत्यन्त गरिब र बिहान बेलुकी छाक टार्न समेत धौ धौ पर्ने चेपाङ समुदायका…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
४० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा रोशी गाउँपालिका-९, नार्केस्थित सागर मेडिकलका सञ्चालक ५० वर्षीय चेतन रामलाई प्रहरीले ०८० मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले मङ्सिर…
ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार
गोसाइकुण्ड गाउँपालिका-५, सानो भार्खुका बुबा ६६ वर्षीय छेवाङ तामाङको लाठीले टाउकोमा हानेर हत्या गरेको आरोपमा ४० वर्षीय गोपाल तामाङलाई प्रहरीले ०८० मङ्सिर १५ गते गिरफ्तार गरेको छ । मदिरा सेवन…
भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणको काम शुरु
विनासकारी भूकम्पले घरमा क्षति गरेपछि त्रिपालमुनि बसेका पीडितहरुका लागि अस्थायी आवास निर्माणमा पहिलो किस्ता रकम स्थानीय तहमा पठाएपछि निर्माणको काम शुरु भएको छ । विपद व्यवस्थापन कोषमा जम्मा भएको रकम…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका-६ बर्मेली टोलका ३४ वर्षीय जगतमणि आर्चायलाई मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० मङ्सिर ८ गते बलात्कार…