नन्कुनी धोवी र निर्मला कुर्मीको घटनाप्रति गम्भीर ध्यानाकर्षण

  ०७८ मङ्सिर २० गते

जानकी गाउँपालिका– २ की २७ वर्षीया नन्कुनी धोवी र नेपालगञ्ज उप–महानगरपालिका–१० परस्पुरकी निर्मला कुर्मी बेपत्ता पारिएको भनिएको घटनाका विषयमा राष्ट्रिय महिला आयोगको ध्यानाकर्षण भएको जनाइएको छ ।

राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक नेपालगञ्ज लगायतको  मानव अधिकार सङ्घ सस्थाको सहभागितामा मङ्सिर २० गते आयोजित बैठकमा राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको हो ।

16 days campaignNepali

अध्यक्ष पराजुलीले बाँकेमा रहेका मानव अधिकारकर्मीहरू सँग  भेटेर घटनाको विषयमा जानकारी लिनु भएको थियो । उहाँले प्रहरीलाई अनुसन्धानमा सहयोग पुर्‍याउन सबैले  महत्वपुर्ण भूमिका निभाउनु पर्ने बताउनु भयो ।

बैठकमा निर्मला कुर्मी हत्याको घटना तथा नन्कुनी धोबीको हत्याको विषयमा छानबिन समितिले पेस गरेको प्रतिवेदन सार्बजनिक गर्न, निर्मला कुर्मीको घटना छिटो भन्दा छिटो सुरूदेखि अनुसन्धान गरी सत्य तथ्य सार्बजनिक गर्न र गृह मन्त्रालयद्वारा पठाइएको छानबिन समितिले निर्मलाको सम्पत्ति छानबिनका लागि दिएको सुझावलाई कार्यान्वयन गरी छानबिन समिति पठाउने लगायतका चार बुँदे माग राख्दै  माइतिघर मण्डलामा धर्ना दिदै गरेको आन्दोलनका  विषयमा छलफल गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय डिएसपी मधुसुधन न्यौपानेले नन्कुनी धोवीको घटनामा आरोपितहरूलाई गिरफ्तार गरी अदालतले पुर्पपक्षका लागि थुनामा पठाएकोले यस विषयमा धर्ना बस्नु पर्ने कारण नभएको बताउनु भयो । उहाँले निर्मला कुर्मीको वेपत्ता र सम्पत्तिको बारेमा सुक्ष्मरूपले अनुसन्धान गरीरहेकोले प्रहरीको काममा सघाउन आग्रह गर्नु भयो ।

photo2021120601banke

राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जका प्रमुख झङकरबहादुर रावलले घटनाका विषयमा राष्ट्रिय मानव अधिकार आयोगमा पहिले पनि छलफल भएको बताउँदै उक्त छलफलबाट रुवि खान लगायत पीडितका परिवारले गरेको पैदल यात्रालाई रोकेर कानुन अनुसार अगाडि बढ्न सहमति गरेपनि पछि उक्त सहमतिलाई मतलव नगरी पैदल यात्रा गरेको बताउनु भयो ।

इन्सेक लुम्बिनी प्रदेश नेपालगञ्जका संयोजक भोला महतले घटनाको विषयमा सबै जना एकजुट भएर काम गरेको बताउँदै अधिकारकर्मी रुवि खानले दोस्रो चरणको धर्नाको विषयमा कसैलाई जानकारी नगराइ एकल निर्णय लिएर अगाडि बढेको बताउनु भयो । महतले प्रहरीले घटनाका विषयमा अनुसन्धान र कारबाही प्रकृयालाई अगाडि  बढाइरहेको अवस्थामा अधिकारकर्मीहरूले अनुसन्धानमा बाधा दिन नहुने बताउनु भयो ।


स्मृति देवकोटा