नगर कार्यपालिका सदस्य नदिएको आरोपमा कुटपिट
नेकपा एमाले लेकवेशी नगर कमिटी सचिव लेकवेशी नपा-१ का ४२ वर्षीय सिताराम पौडेललाई नगर कार्यपालिकाको अल्पसङ्ख्यक समुदायबाट सदस्य पदमा एमालेको मनोनयनमा आफ्नो नाम नपारेको आरोप लगाउँदै वीरेन्द्रनगर नपा-९ का ४० वर्षीय एमाले कार्यकर्ता वीरबहादुर रावतसहितका व्यक्तिले जेठ १५ गते कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ ।
एमालेका लेकवेशी नगर सङ्गठन कमिटीका अध्यक्ष गगनसिं सुनारले जेठ १६ गते विज्ञप्ति जारी गर्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । विज्ञप्तिमा छलफलबाट समस्याको समाधान गर्नुपर्नेमा आक्रमण गर्नु दुखद भएको र दोषीले आत्मालोचना गर्नुपर्ने उल्लेख गरिएको छ ।
पीडित पौडेलको टाउको र ढाडमा चोट लागेका कारण देउती नर्सिङ्ग होम वीरेन्द्रनगरमा उपचार भएको पीडितले बताए ।
दुर्गा थापा
सम्बन्धित समाचारहरू
मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपितहरू गिरफ्तार
२३ वर्षीया महिलालाई भारतमा लगेर बेचबिखन गरेको आरोपमा तुलसीपुर उमनपा–१६ का ३० वर्षीय राजेश नेपाली, पत्नी ३५ वर्षीया राधा पाण्डेय र भारत उत्तर प्रदेश बलरामपुर जिल्ला इमिलियाका ४९ वर्षीय रामनिवास…
मानव अधिकार आयोगका केन्द्रीय अध्यक्ष र मानव अधिकारकर्मीहरूबीच अन्तरक्रिया
राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालय जनकपुरधाममा २०८१ माघ २९ गते मानव अधिकार उल्लङ्घनका घटनाहरूको बारेमा प्रदेश तहमा मानव अधिकारको क्षेत्रमा काम गर्ने अधिकारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ…
कुटपिट घटनाका आरोपितहरूविरुद्ध उजुरी
विदेह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ३५ वर्षीय दिपेन्द्र कुमार शाहलाई ०८१ माघ २७ गते सोही पालिकाका नगर प्रमुख ४० वर्षीय बेचन दास र निजका २५ वर्षीय छोरा राम भजन दासले…
अपहरण, शरीर बन्धक र बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई अपहरण गरी शरीर बन्धक बनाई बलात्कार गरेको आरोपमा पकाहामैनपुर गाउँपालिका-१ ढोरे टोल का २० वर्षीय सल्मान देवानलाई माघ २९ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई…
बलात्कार प्रयास घटनाका आरोपितहरूविरुद्ध उजुरी
१९ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा गौशाला नगरपालिका-६ निगौलका २० वर्षीय इब्राम नदाफ, २१ वर्षीय गुफ्रान शेख र २० वर्षीय मुन्ना शेखविरुद्ध ०८१ माघ २९ गते पीडित पक्षले जिल्ला…