नगर उपप्रमुखमाथि कुटपिट

  ०८१ असार ७ गते

छाँयानाथ रारा नगरपालिकाका नगर उपप्रमुख  ३६ वर्षीया ऐश्वर्य मल्ल, पति ३७ वर्षीय उपर बहादुर  मल्ल र नगरपालिका कर्मचारी ३२ वर्षीय रामराज मल्ललाई सोही नगरपालिकाका –४ का २८ वर्षीय नरेश भाम , २७ वर्षीय दिलिप कुमार भाम र ३० वर्षीय विष्णु खत्रीले असार ५ गते कुटपिट गरेको उपप्रमुखले आरोप लगाउनु भयो ।

उपप्रमुखले आफूमाथि नगरप्रमुख समूहले कुटपिट गरेको बताउनु भयो । नगरपालिकाको कार्यपालिकाको बैठकमा जनताको आवाज र समस्यालाई बजेटमा सम्बोधन गरिनु पर्ने  माग राखेर म छलफल गर्न पुग्दा मलाई महिला भनेर ममाथि नगर प्रमुख सहितकाे समूहले आक्रमण भएको उहाँले बताउनु भयो ।

कुटपिटबाट नगरपालिका कर्मचारी रामराज मल्ललाई टाउकोमा चोट लागेको छ । घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिने तयारी गरिरहेको बताउनुभयो ।

कुटपिट घटनामा कुनै संलग्नता नभएको नगरप्रमुख विष्णु कुमार भामले बताउनु भयो ।  नगरपालिकाको कर्मचारी नराखेको कारण प्रमुख प्रशासकीय अधिकृत पसुपती शाहीमाथि हातपात गर्न प्रयास गरेपछि घटना भएको उहाँले बताउनु भयो ।

घटनाकाे सम्बन्धमा लिखित उजुरी नआएकाे जिल्ला प्रहरी कार्यालयका डिएसपी विरेन्द्र थापाले जानकारी दिनुभयाे ।


सर्जन कुमार शाही