नगरप्रमुखलाई ज्यान मार्ने धम्की दिएको घटनाका आरोपित गिरफ्तार
बृन्दाबन नपा-१ घर भएका सो नगरपालिकाका प्रमुख ४५ वर्षीय रामस्नेही राय यादवलाई अपहरण र हत्याको धम्की दिएको आरोपमा प्रहरीले चैत ४ गते दुई जनालाई गिरफ्तार गरेको छ ।
नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोको प्रहरी टोलीले नगरप्रमुख यादवलाई धम्की दिएको आरोपमा कटहरिया नपाका २५ वर्षीय मोहम्मद सम्साग आलम र राजपुर नपाका ४५ वर्षीय जुल्फिकर सेखलाई ललितपुरको बालकुमारीबाट गिरफ्तार गरेको हो ।
गिरफ्तारमा परेका दुवैजनाले नगरप्रमुख यादवसँग २० लाख रुपियाँ चन्दा माग गरेको र नदिए हत्या गर्ने धम्की दिएका थिए ।
नगरप्रमुख यादवसँग आरोपितहरूले पटकपटक फोन गरी १० लाख रुपियाँसम्म दिए पनि आफूहरूले केही नगर्ने भन्दै मोलमोलाई गर्दै आइरहेका प्रमुख यादवले बताए ।
आरोपित दुबैजनालाई ललितपुरबाट जिल्ला प्रहरी कार्यालय रौतहटमा ल्याउने तयारी भइरहेको र उनीहरूलाई ल्याएपछि थप अनुसन्धान अघि बढ्ने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
बिपिन गौतम
सम्बन्धित समाचारहरू
नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित चार जना विरुद्ध पक्राउ पुर्जी जारी
जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित सो पार्टीका चार जना नेताहरू विरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला अदालत काठमाडौँले ०८० मङ्सिर…
एमालेको कार्यक्रममा बालबालिकाको प्रयोग
नेकपा एमालेको मध्यपहाडी राजमार्ग केन्द्रित अभियानमा विद्यार्थीहरुलाई प्रयोग गरेको पाइएको छ । मङ्सिर १७ गते पञ्चदेवल विनायक नगरपालिकाको विद्यामन्दिर नमूना माविका विद्यार्थीहरुले विद्यालय पोशाकमै नेकपा एमालेको कार्यक्रममा अध्यक्ष केपी शर्मा…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
परवानीपुर गाउँपालिका–४ चैनपुरकी ७१ बर्षीया रामसहेली देवी चौरसियालाई उनका जेठो छोराले कुटपिट तथा गालिगलौज गरेको भन्दै ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
फेटा गाउँपालिका–१ त्रिवेणीकी ७५ वर्षीया देवकलिया तत्मीनलाई उनका माहिलो छोराले कुटपिट तथा गालीगलौज गरेको आरोपमा पीडितले ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया सुस्त मनस्थिती भएकी बालिकालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–४ का ३५ वर्षीय शुरेस यादवलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले ०८० मङ्सिर १३ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई…