नगरपालिकाको केन्द्र सार्ने विवादमा झडप, १९ जना घाइते
नगरपालिकाको केन्द्र सार्ने विवादमा फागुन २ गते दिउँसो झडप हुँदा रौतहटको वृन्दावन नगरपालिकामा प्रहरीसहित कम्तीमा १९ जना घाइते भएका छन् ।
घाइते हुनेहरूमा २ महिनाको बालकसहित वृन्दावन नपा-२ की ३५ वर्षीया लालविवी राम, सोही ठाउँका रैमल बैठा, सुकेश्वर पटेल र रइमल बैठारहेका छन् भने सशस्त्र र जनपथ प्रहरी १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
रौतहटको वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा स्थानीय बासिन्दा र प्रहरीबिच झडप हुँदा स्थिति तनावग्रस्त बनेपछि प्रहरीले लाठीचार्ज र अश्रुग्याँस प्रहार गरेको थियो ।
२ गते दिउँसो केन्द्र सार्ने विषयमा नगर कार्यपालिकाको बैठक बसिरहेको स्थानमा स्थानीय बासिन्दाले आक्रमण गरेपछि दोहोरो झडप भएको हो । आक्रोशित स्थानीय बासिन्दाले नगरपालिकाको कार्यालय तोडफोड र कागजपत्रमा आगजनी गर्न थालेपछि प्रहरीले बाध्य भएर लाठीचार्ज र अश्रुग्याँस प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
स्थानीयको आक्रमणबाट ५० भन्दा बढी कुर्सी र झ्यालका सिसाहरू, नगरपालिकाको निर्णय पुस्तिकाहरू सबै नष्ट भएको नगर प्रमुख रामस्नेही यादवले जानकारी दिए ।
वृन्दावन नगरपालिकाको केन्द्र साविक विश्रामपुर गाविस भवनमा तोकिएकोमा सो स्थान अपायक र कुनामा रहेको भन्दै स्थानीय बासिन्दाले विरोध गरेपछि नगरपालिकाको बैठकको बहुमतबाट उक्त स्थानबाट केन्द्र सारेर विश्रामपुर गाविसकै चमनपुरमा सार्ने तयारी गरेर निर्णय गर्न लागिएको थियो ।
केन्द्र सार्ने निर्णय गर्न लागेपछि बाम गठबन्धनका ५ जना वडा अध्यक्षसहितले विरोध गरेपछि विश्रामपुरलगायत वरपरका स्थानीय बासिन्दा विरोधमा उत्रिएका थिए ।
राजनीतिक सहमति नगरी नगरपालिकाका मेयरले बहुमतको आडमा केन्द्र सार्न लागेकाले स्थानीय बासिन्दा प्रतिरोधमा उत्रिएको संविधान सभाका सभासद तथा माओवादी केन्द्रका केन्द्रिय सदस्य देवेन्द्र पटेलले बताए ।
नगरपालिकाको कार्यालय विश्रामपुरबाट साबिक सबै गाबिसको केन्द्रबिन्दु चमनपुरमा सार्न कार्यपालिकाको बैठक बसिरहेको समयमा विश्रामपुरका स्थानीय बासिन्दाले बैठकमा अवरोध पार्न खोजेपछि झडप सुरू भएको इलाका प्रहरी कार्यालय, गरुडाका इन्स्पेक्टर गोविन्द थापाले बताए ।
कार्यपालिकाको बैठक विश्रामपुर स्वास्थ्यचौकीको सभाहलमा बसिरहेको अवस्थामा स्थानियबासीले आक्रमण गरेका थिए । बैठकमा बसेका महिला तथा पदाधिकारीहरू माथि स्थानीयले हातपातसमेत गरेको नगर प्रमुख यादवले बताए ।
विपीन गौतम
सम्बन्धित समाचारहरू
नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित चार जना विरुद्ध पक्राउ पुर्जी जारी
जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित सो पार्टीका चार जना नेताहरू विरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला अदालत काठमाडौँले ०८० मङ्सिर…
एमालेको कार्यक्रममा बालबालिकाको प्रयोग
नेकपा एमालेको मध्यपहाडी राजमार्ग केन्द्रित अभियानमा विद्यार्थीहरुलाई प्रयोग गरेको पाइएको छ । मङ्सिर १७ गते पञ्चदेवल विनायक नगरपालिकाको विद्यामन्दिर नमूना माविका विद्यार्थीहरुले विद्यालय पोशाकमै नेकपा एमालेको कार्यक्रममा अध्यक्ष केपी शर्मा…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
परवानीपुर गाउँपालिका–४ चैनपुरकी ७१ बर्षीया रामसहेली देवी चौरसियालाई उनका जेठो छोराले कुटपिट तथा गालिगलौज गरेको भन्दै ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
फेटा गाउँपालिका–१ त्रिवेणीकी ७५ वर्षीया देवकलिया तत्मीनलाई उनका माहिलो छोराले कुटपिट तथा गालीगलौज गरेको आरोपमा पीडितले ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया सुस्त मनस्थिती भएकी बालिकालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–४ का ३५ वर्षीय शुरेस यादवलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले ०८० मङ्सिर १३ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई…