नगरपालिकाको कार्यालयमा तालाबन्दी, सेवाग्राही मर्कामा
०७९ जेठ ३१ गते पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थानका १६ वर्षीय विनोद शाहीको हत्या भएको भन्दै पीडित पक्षले पञ्चदेवल विनायक नगरपालिकामा लगाएको ताला नौ दिनसम्म पनि खुल्न नसकेपछि सेवाग्राही मर्कामा परेका छन् ।
हत्यारालाई गिरफ्तार गरेर कानुनी कार्वाहीको माग सहित जेठ २२ गते नगरपालिका र वडा नम्बर ४ कालिकास्थानको वडा कार्यालयमा लगाएको तालाबन्दी हालसम्म खुल्न नसक्दा सेवाग्राही मर्कामा परेका हुन् ।
कार्यालयमा लगाएको ताला नखोलिएका कारण नगर र वडाबाट प्रवाह गरिने सार्वजनिक सेवा बन्द भएका छन् ।
सेवा बन्द भएपछि कार्यपालिका बैठक, विभिन्न सिफारिस, योजना अनुगमन, सम्पन्न योजना तथा कार्यक्रमको रकम भुक्तानी र आगामी आर्थिक वर्षका लागि तय गरिने नीति तथा बजेटको काम प्रभावित भएको छ ।
नवनिर्वाचित भएर सपथ ग्रहणपछिको पहिलो बैठक समेत घटनाका कारण बस्न नपाएको र सहमतिका आधारमा नगरपालिका र वडा कार्यालयमा लगाएको ताला खोल्न पहल भइरहको उपप्रमुख हर्कबहादुर रावले बताउनु भयो ।
स्थानीय तहबाटै तालबन्दी खोल्नका लागि पहल भइरहेको भएपनि परिणाम आउन नसकेको प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले बताउनु भयो ।
उहाँले स्थानीय तहको पहलमा सम्भव नभए प्रहरी प्रशासनको सहयोगमा ताल खोलेर सेवा सुचारु गर्न सकिने प्रमुख जिल्ला अधिकारी मरासेनीले बताउनु भयो ।
हत्याको योजनाकार नगरप्रमुख अम्बिका चलाउने सहित १३ जना विरुद्धमा पीडित पक्षले जेठ २५ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए । पीडित पक्षले दिएको किटानी जाहेरी दर्ता भएपछि नगरप्रमुख चलाउने जिल्ला बाहिर गएको बताइएको छ ।
स्थानीयको झडपपछि प्रहरी पुगे लगत्तै सम्पर्कविहिन हुनु भएका विनोदको शव जेठ २१ गते पञ्चदेवल विनायक नगरपालिका–३ स्थित पञ्चदेवल क्याम्पस नजिकको सडक भन्दा तल खोचमा फेला परेको थियो ।
शाहको शव फेला परेको पाँच दिनपछि जेठ २६ गते जिल्ला अस्पतालमा पोष्टमार्टम गरेर परिवारले दाहसंस्कार गरेका थिए ।
शिवराज ढुङ्गाना
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १९ गते)
असार १९ गते ३९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ८ सय १ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
ड्युटीमा रहेका प्रहरीलाई कुटपिट, आरोपितद्वय गिरफ्तार
अस्थायी प्रहरी पोष्ट चोरकाटेका प्रहरी हवल्दार ३४ वर्षीय अर्जुनबहादुर सेन र प्रहरी जवान २८ वर्षीय अनन्तबहादुर रोकालाई मादक पदार्थ सेवन गरेर ड्युटिमा नै रहेका बेला कुटपिट गरेको आरोपमा प्रहरीले सिरानचोक…
पातारासीको डिल्लीचौर स्वास्थ्य चौकीमा जीवन जल अभाव
जुम्लाको पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिकाको डिल्लीचौर स्वास्थ्य चौकीमा जीवन जलको अभाव भएको छ । स्वास्थ्य चौकीमा एक महिनादेखि जीवन जल अभाव भएपछि समस्या भएको सेवाग्राहीले गुनासो गरेका छन् ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हजुरबुवा नातापर्ने ८१ वर्षीय पुरुषलाई प्रहरीले ०७९ असार १८ गते गिरफ्तार गरेको छ । बालिकालाई ०७९ असार १६ गते घरमै बलात्कार गरेका भन्दै पीडितपक्षले…
जुम्लामा कुसंस्कार कायमै, नवजात शिशुसहित सुत्केरी महिला गोठमा !
हिमा गाउँपालिका– ५ की २६ वर्षीया मनसुबा शाही सुत्केरी भएपछि गाईगोरु बाँध्ने गोठमा नवजात शिशुसहित बस्दै आउनु भएको छ । शाही सुत्केरी भएपछि नौ दिनसम्म गाई राख्ने गोठमा बस्न बाध्य…