नख्खु बम विष्फोटमा संलग्न भएको आशङ्कामा एक जना गिरफ्तार

नख्खुस्थित एनसेल प्रालिको गेटमा बम विष्फोटको घटनाका संलग्न भएको आशङ्कामा प्रहरीले नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–२, तारुका घर भएका ३८ वर्षीय सूर्य भूजेलालाई गिरफ्तार गरेको छ ।

यही फागुन १० गते नख्खुको बम विष्फोट घटनामा संलग्न भएको आरोपमा भुजेललाई फागुन १४ गते प्रहरी प्रधान कार्यालयको टोलीले गिरफ्तार  गरेको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी रमेशबहादुर धानुकले बताए ।

बम विष्फोटमा परेर ३९ वर्षीय सिंगप्रसाद गुरुङको उपचारका क्रममा मृत्यु भएको थियो । अन्य दुई जना घाइतेको मेडिसिटी अस्पताल, नख्खुमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार भुजेल नेत्रविक्रम चन्द ‘विप्लव’का पूर्व अङ्गरक्षक समेत हुन् । हाल उनले आफूलाई भ्याल्ली कमाण्डर भएको बताएको पनि प्रहरीले जनायो ।


दीपकप्रसाद घिमिरे