ध्वनी प्रदूषण हुने गरि ठूलो आवाजमा बाजा बजाउन रोक
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायत मानवअधिकारको क्षेत्रमा क्रियाशिल संस्थाहरूले धनुषामा ध्वनी प्रदूषण हुने गरि चर्को आवाजमा डि.जे बाजा बजाउने गरेको घटनाप्रति धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई माघ १७ गते ध्वनी प्रदूषण नियन्त्रण गर्न भन्दै दिएको ज्ञापन पत्रको सुनवाई फागुन १८ गतेदेखि भएको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले शहरी क्षेत्रमा रातिको समयमा ठूलो स्वरमा ध्वनि प्रदूषण हुने गरि बाजा बजाउनमा निषेध गरिएको सूचना फागुन १८ गते देखि लागु हुने गरि जारी गर्नुभएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषामा फागुन १८ गते बसेको सर्वपक्षीय बैठकले राती १० बजेपछि डि.जे, लाउडिस्पीकर तथा ठूलो आवाजमा बज्ने अन्य प्रकारको बाजाहरू बजाउन निषेध गर्ने निर्णय गरेको हो ।
धनुषाका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालको अध्यक्षतामा बसेको बैठकले राति बाहेकको समयमा पनि ठूलो स्वर र अश्लील गीत बजाउने जस्ता गतिविधि नगर्नका लागि सर्वसाधारणमा सूचना मार्फत जानकारी गराएको छ । अरूलाई असर पर्ने गरि कुनै प्रकारको ध्वनि प्रदूषण गर्न नहुने बारे बैठकमा छलफल भएको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय धनुषाले ध्वनि प्रदूषण हुने गरी कसैले कुनै क्रियाकलाप गरेको पाइएमा प्रचलित कानून बमोजिम तत्कालै कारबाही गर्ने जनाएको छ । विगतमा पनि प्रहरीले धेरै डि.जे हरू नियन्त्रणमा लिए पनि यसलाई निरन्तरता दिन नसकेको गुनासो सर्वसाधारणको छ । बैठकले स्थानीय तहहरूलाई पनि आफ्नो कार्यक्षेत्रमा डि.जे तथा स्पिकर बजाउनमा रोक लगाउनका लागि अनुरोध गरेको छ ।
दिपेन्द्र प्रसाद सिंह
सम्बन्धित समाचारहरू
पत्रकार कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
गजुरी गाउँपालिका-१ निवासी नेपाल पत्रकार महासङ्घ धादिङका सदस्य तथा ग्यालेक्सी फोरके टेलिभिजनका संवाददाता ३४ वर्षीय विकास रौनियारलाई अवैध बालुवा उद्योगको समाचार र भिडियो खिचेको भनि कुटपिट गरेको आरोपमा सोही ठाउँका…
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ को प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुषको संख्या…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४३ वर्षीय चैत १० गते गिरफ्तार गरेको छ । आरोपितले बहुविवाह गरेर छुट्टै बस्दै आएकोमा चैत ७ गते घरमै पुगेर बलात्कार प्रयास…
घरेलु हिंसा पीडितलाई इन्सेकको सहयोग
घरेलु हिंसा पीडित बाणगङ्गा नगरपालिका –४ डुंगहवा माइती घरमा बस्दै आएकी २८ वर्षीया बिनु चौधरीलाई इन्सेकले चैत ११ गते आर्थिक सहयोग गरेको छ । मानव अधिकार समूहका अध्यक्षलगायतका समूहका पदाधिकारीहरूको…
स्थानीय तहमा इजलास अभावले न्याय सम्पादनमा समस्या
संविधानले स्थानीय तहमका न्यायिक समितिलाई न्याय सम्पादनको अधिकार प्रदान गरेपनि रसुवामा स्थानीय तहमा न्याय सम्पादन गर्न छुट्टै इजलास कक्ष नभएकोले न्याय सम्पादनमा कठिनाई भएको छ । नेपालको संविधान अनुसूचि ८…