धार्मिक मर्यादा रहने गरी विद्यालय पोशाकको व्यवस्था मिलाउन शिक्षा कार्यालयद्वारा परिपत्र
नेपालगञ्जस्थित गोल्डेन एबिसी विद्यालयमा अध्ययनरत मुस्लिम समुदायका बालिकालाई स्कूल पोशाक नलगाएको आरोपमा विद्यालय प्रवेशमा रोक लगाइएको विषयमा जिल्ला शिक्षा कार्यालयद्वारा विद्यालयले धार्मिक मर्यादा रहने गरी पोशाकको व्यवस्था मिलाउन जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयलाई परिपत्र गरेको छ ।
जिल्ला शिक्षा कार्यालय बाँकेद्वारा साउन २३ गतेको चलानी नम्बर १८८ को पत्र अनुसार विद्यालयले तोकेको रङ्गमा कुर्ता सुरूवाल लगाउन छुट दिई धार्मिक मर्यादा रहने गरी विद्यालय पोशाकको व्यवस्था मिलाउन परिपत्र गरिएको सहायक जिल्ला शिक्षा अधिकारी गोर्खबहादुर थापाले बताए ।
मुस्लिम बालिकालाई विद्यालय पोशाकमा कुर्ता सुरूवाल लगाएर आउँदा विद्यालयमा प्रवेश गर्न नदिएको विषयमा मदरसा इस्लामिया सङ्घ केन्द्रीय कार्यालय काठमाडौँले जिल्ला शिक्षा कार्यालयलाई पोशाकको समस्याले मुस्लिम बालिका विद्यालय छोड्न थालेको भन्दै समस्या समाधानका लागि पहल गरिदिन साउन २२ गते अनुरोध गरेको थियो ।
नेपालगञ्जस्थित गोल्डेन एबीसी विद्यालयमा अध्ययनरत मुस्लिम बालिकाहरू कुर्ता सुरूवालमा विद्यालय गएपछि विद्यालय प्रशासनले साउन १६ गते विद्यालयले 'तोकेको पोशाक लगाएर आउनु' भन्दै फर्काएको थियो । बालिकाहरूले दोस्रो दिनदेखि विद्यालयले तोकेको पोशाक लगाएर विद्यालय गएका थिए ।
विद्यालयका संस्थापक सदस्य विकासबहादुर सिंहले विद्यालयको अनुशासन र नियम कायम राख्न विद्यालयले तोकेको पोशाकमा आउने भनिएपनि जिल्ला शिक्षा कार्यालयले परिपत्र गरिसकेपछि परिपत्र अनुसार गर्ने बताए । घटनाको विषयमा साउन २६ गते राष्ट्रिय मानवअधिकार आयोग, इन्सेक र सिविनले छुट्टाछुट्टै अनुगमन गरेको थियो ।
विनोद पाण्डे
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार गरेको कसुरमा दुई महिना कैद सजाय फैसला
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले रत्ननगर नगरपालिका-१३ बस्ने ४५ वर्षीय विष्णुबहादुर रानाभाटलाई ०७९ चैत १२ गते दुई महिना कैद सजाय हुने…
बलात्कार गरेको कसूरमा सात वर्ष कैद फैसला
२० वर्षीया युवतीलाई बलात्कार गरेको कसूरमा नारायण नगरपालिका–६ काँडाचौरका २१ वर्षीय राहुल सार्कीलाई दैलेख जिल्ला अदालतले सात वर्ष कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको चैत १२ गतेको इजलासबाट…
पत्रकार कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
गजुरी गाउँपालिका-१ निवासी नेपाल पत्रकार महासङ्घ धादिङका सदस्य तथा ग्यालेक्सी फोरके टेलिभिजनका संवाददाता ३४ वर्षीय विकास रौनियारलाई अवैध बालुवा उद्योगको समाचार र भिडियो खिचेको भनि कुटपिट गरेको आरोपमा सोही ठाउँका…
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ को प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुषको संख्या…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४३ वर्षीय चैत १० गते गिरफ्तार गरेको छ । आरोपितले बहुविवाह गरेर छुट्टै बस्दै आएकोमा चैत ७ गते घरमै पुगेर बलात्कार प्रयास…