धारिलो हतियार प्रयोग गरी पत्नीको हत्या गरेको आरोपमा पति गिरफ्तार
लेकवेशी नपा-६ मुलपानीस्थित माइतीमा बस्दै आएकी जाजरकोट छेडागाड नपा-५ की २० वर्षीया रामकली वादीलाई घरायसी विषयमा विवाद हुँदा वैशाख २३ गते हत्या गरेको आरोपमा प्रहरीले जाजरकोट छेडागाड नपा-५ का २४ वर्षीय भगत वादीलाई वैशाख २५ गते गिरफ्तार गरेको छ ।
सुर्खेतको लेकवेशी नपा-६ मुलपानीस्थित माइतीमा बस्दै आएकी २० वर्षीया रामकली वादीलाई घरायसी विषयमा विवाद हुँदा पतिले वैशाख २३ गते राति हँसियाले घाँटी रेटी हत्या गरेको माइती पक्षले आरोप लगाएका छन् ।
आरोपित भगतले पत्नीको हत्या गरेको स्वीकार गरेको इलाका प्रहरी कार्यालय छिञ्चुका सई मुन्नीसिंह चौहानले बताए ।
घटनाको अनुसन्धानमा खटिएका सई चौहानले भने-'हामी हत्या भएको कोठामा पुग्दा घाँटीदेखि तलको भाग मात्र थियो । घाँटी नै छुट्याएको अवस्थामा शव भेटियो ।'
भगतले सामान्य घरायसी खटपटका कारण रिसको झोकमा पत्नीको हत्या गरेको प्रहरीसमक्ष स्वीकारेको इलाका प्रहरी कार्यालय छिञ्चुले जनाएको छ । उनीहरूका दुई छोरी छन् । मजदुरी गर्न भारत गइरहने भगत कहिलेकाँही मात्र मुलपानीस्थित माइती घरमा रहेको परिवारलाई भेट्न आउने गर्थे ।
घटना सम्बन्धमा माइती पक्षले इलाका प्रहरी कार्यालय छिञ्चुमा वैशाख २४ गते उजुरी दिएका थिए । मृतकको पोष्टमार्टम क्षेत्रीय अस्पताल सुर्खेतमा वैशाख २५ गते भयो ।
दुर्गा थापा
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पाचपोखरी थाम्पाल गाउँपालिका-४ का २८ वर्षीय कारसाङ तामाङलाई प्रहरीले माघ १० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८१ मङ्सिर ६ गते बलात्कार…
हत्या घटनाका आरोपित गिरफतार
बारेकोट गाउँपालिका-६ स्यालाकी तीन वर्षीया बालिकाको हत्या गरेको आरोपमा बारेकोट गाउँपालिका-६ का १२ वर्षीय बालकलाई प्रहरीले ०८१ माघ १० गते गिरफतार गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम्…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामपुर नगरपालिका-८ भुजातका २५ वर्षीय नबिन गुरुङलाई प्रहरीले ०८१ माघ ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ ९ गते बलात्कार गरेको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीय बालिकालाई ०८१ भदौ २८ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुलिङटार गाउँपालिका–२, देउपुरका २७ वर्षीय हरिप्रसाद गौतमलाई माघ ९ गते गिरफ्तार गरेको छ । अरिपितविरुद्ध पीडित पक्षले माघ…
बलात्कार घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी दर्ता
७२ वर्षीया महिलालाई बलात्कार गरेको भन्दै ७१ वर्षीय पुरुषले माघ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले ०८१ पुस १८ गते बलात्कार गरेको पीडितको…