धानखेती नष्ट भएपछि स्थानीय कृषक मार्कामा
चिनी उत्पादन गर्ने उद्योगको लापरबाहीका कारण पुनर्वासन नगरपालिका क्षेत्रमा सयौँ विगाह जमिनमा लगाएको धानखेती नष्ट भएको छ ।
पुनर्वास नगरपालिकाको–२ दशरथबस्तीमा रहेको भागेश्वर सुगरमिल एण्ड केमिकल ईन्डष्ट्रिज प्रालिको लापरबाहिका कारण झण्डै २ सय विगाह जमिनमा लगाएको धानखेती नष्ट भएको स्थानीय कृषकहरुको आरोप छ ।
उद्योगको लापरबाहीका कारण पुनर्वास नगरपालिका वडा नम्बर २, ५, ६ र ७ क्षेत्रका स्थानीय कृषकहरुले सिमरीखोला नजिक खेतमा लगाएको धानखेती नष्ट भएको र सबैभन्दा बढि ५ नम्बर वडामा क्षति भएको स्थानीय कृष्ण चौधरीले बताउनु भयो ।
सुगरमिलबाट निस्कने केमिकलयुक्त फोहर पानी नालामा गाइदिएको र नालामा आएको बाढी खेतमा पसेपछि धानबाली नष्ट भएको स्थानीय सीमन्ती चोधरीको आरोप छ ।
धानखेतीकै भरमा घरखर्च र दैनिकी चल्दै आएको भए पनि सुगरमिलले केमिकलयुक्त फोहर पानीको व्यवस्थापन नगरी दिदा आफूहरुको दैनिक लगाउन नै मुस्कील भएको उहाँले गुनासो गर्नु भयो । पुनर्वास नगरपालिका–५ सिमरीका स्थानीय कृषक राजु चौधरीले चिनिमिलले केमिकलयुक्त फोहोरो पानी नालामा बगाईदिएपछि धानखेती नष्ट भएको बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘चिनिमिल उद्योगबाट निस्किने फोहोर पानीले धानबाली नष्ट भएको छ । उद्योगबाट निष्कने फोहरका कारण मानिसलाई छालासम्बन्धी बिभिन्न रोगहरु पनि लागिरहेको छ ।’
स्थानीय रामेश्वर रानाले उद्योगको चरम लापरबाहीले धानखेती सहित अन्य अन्नबाली समेत सखाप भइरहेको बताउनु भयो ।
चिनीमिल उद्योगबाट निस्किएको फोहोर तथा केमिकलयुक्त पानीको व्यवस्थापन नगरी खुला रुपमा नालीमा बगाइएको छ । यसले अन्नबालीदेखि माटोको उर्बराशक्तिमा ह्रास ल्याइरहेको उहाँले बताउनु भाये ।
स्थानीय सावित्री चौधरीले उद्योगले फोहोर पानी बेलाबेलामा बगाउँदा धानखेती नष्ट भएको र यससम्बन्धमा स्थानीय सरकारलाई जानकारी गराउँदा समेत समस्या समाधानका लागि पहल नभएको दुखेसो पोख्नु भयो ।
कृषि ज्ञान केन्द्र, कञ्चनपुरका निमित्त प्रमुख हरिदत्त जोशीले झण्डै ५० / ६० जना कृषक ले २ सय विगाह भन्दा बढि जमिनमा लगाएको धानखेती नष्ट भएको बताउनु भयो ।
केमिकलयुक्त पानी खेतवारीमा बगाएकै कारण धान खेती नष्ट भएको कृषक ले गुनासो गरेका कारण कृषि कार्यालयबाट स्थलगत अनुगमन गर्दै ०८० साउन २१ मा प्राविधिक टोलीले अध्ययनका लागि धान र माटोको नमूना ल्याएर परीक्षणका लागि ल्याबमा पठाएका निमित्त प्रमुख जोशीले बताउनु भयो ।
भागेश्वर सुगरमिल एण्ड केमिकल्स ईन्डष्ट्रिज प्रालिका मेकानिकल ईन्जिनियर पदमराज पाण्डेले उद्योगले केमिकलयुक्त फोहोर पानीका कारण धानबाली नष्ट नभइ सीमरी खोलामा पुल निर्माण कार्यले लामो समयदेखि थुनिएको फोहर पानीले कृषकहरुको धानबाली नष्ट भएको हुनेसक्ने बताउनु भयो ।
उद्योगबाट निस्किएको फोहोर पानी व्यवस्थापन गर्ने गरिएको र हाल उद्योग बन्द अवस्थामा रहेकोले उद्योगका कारण कृषकहरुको धानबाली नष्ट नभएको उहाँले बताउनु भयो ।
पुनर्वास नगरपालिका ७ का वडाध्यक्ष मुलचन्द्र रानाले उद्योगकै लापरबाहीले कृषकहरु मारमा परेको बताउनु भायो ।
उद्योगको फोहोर पानी नालामा नबगाउन सुगुरमिल व्यवस्थापनलाई आग्रह गरिएको भए पनि त्यसको कार्यान्वयन नभएकोले कानुनी प्रक्रियाबाट अगाडि बढने तयारीमा रहेको वडाध्यक्ष रानाको भनाइ छ ।
लिली कुँवर
सम्बन्धित समाचारहरू
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
कलैया उपमहानगरपालिका-२४ बेलदारी श्रीपुर की २४ वर्षीया सृजना देवी ठाकुरलाई २६ बर्षीय पति दिनेश ठाकुरले ०८० मङ्सिर १० गते गालीगलौज तथा कुटपिट गरी घरेलु हिंसा गरेको आरोपमा पीडितले मङ्सिर ११…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
जितपुरसिमरा उपमहानगरपालिका-२० कन्चनपुर की २६ वर्षीया सजमामा खातुनलाई ०८० मङ्सिर १० गते गालीगलौज तथा कुटपिट गरेको आरोपमा ४० बर्षीय जेठाजु जमुदिन मियाविरुद्ध मङ्सिर ११ गते पीडितले जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला,…
प्रसाईंको आन्दोलनमा समर्थन गर्नेलाई गिरफ्तार गरेको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी
मेडिकल व्यवसायी अभियन्ता दुर्गा प्रसाईंले नेतृत्व गरेको आन्दोलनमा सहभागी हुँदा गिरफ्तारीमा परेका शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्कासहितका सर्मथकलाई गिरफ्तार गरेको रिटमा सर्वोच्च अदालतले ०८० मङ्सिर १२ गते कारण देखाउ आदेश…
दुर्गा प्रसाईंको आन्दोलनमा सहयोग गरेको आरोपमा दुई जना गिरफ्तार
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेतृत्व गर्दै आइरहनु भएको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ को समर्थन गरेको आरोपमा प्रहरीले ०८० मङ्सिर १२ गते दुई जनालाई गिरफ्तार गरेको छ…
प्रहरी कार्यालय परिसरमै पतिद्वारा पत्नीमाथि कुटपिट
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको भोलिपल्टै लमजुङमा प्रहरी कार्यालय परिसरभित्रै पतिद्वारा पत्नीमाथि कुटपिट भएको छ । २३ वर्षीया कृषा रिमाललाई उहाँका पति बेसीशहर–६ मकैडाँडा निवासी २४ वर्षीय…