धादिङमा एमाले र माओवादीबिच झडप, पाँच घाइते

नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबिच गजुरी गाउँपालिका-८ चैनपुरमा वैशाख २५ गते दिउँसो झडप भएको छ । निर्वाचन प्रचार प्रसारमा सो ठाउँमा पुगेका एमाले र माओवादी केन्द्रका कार्यकर्ताबिच झडप भएको हो ।

घाइते ६० वर्षीय मायानाथ अधिकारी
घाइते ६० वर्षीय मायानाथ अधिकारी

झडपमा पाँच जना घाइते भएका छन् । घाइते हुनेहरूमा सोही ठाउँका माओवादी केन्द्रका कार्यकर्ता ३६ वर्षीय नारायण अधिकारी, ३५ वर्षीया सावित्री अधिकारी, ६० वर्षीय मायानाथ अधिकारी  र सोही ठाउँका एमाले कार्यकर्ता २४ वर्षीय सुरेन्द्र बराल, २३ वर्षीय मिलन बराल रहेका छन् ।

घाइतेमध्ये नारायण र मायानाथलाई उपचारका लागि काठमाडौँ लगिएको छ भने अन्य घाइतेहरूको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी र जनपथ प्रहरी घटनास्थल पुगेर त्यहाँको अवस्था शान्तिपूर्ण बनाएको जिल्ला प्रहरी कार्यालयका एसपी शरद खत्रीले बताए ।


सिताराम अधिकारी