धम्की घटनाका आरोपित गिरफ्तार

  ०७९ फागुन २४ गते

बैंक तथा वित्तीय संस्थाका प्रमुखहरूलाई कालोमोसो दल्ने धम्की दिएको आरोपमा भरतपुर महानगरपालिका-१२ बस्ने ४० वर्षीय दुर्गा प्रसाईको ‘कालोमोसो दस्ता’का केन्द्रीय संयोजक शम्भु थापालाई प्रहरीले ०७९ फागुन २३ गते गिरफ्तार गरेको छ ।

धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र नागरिक अभियानको नाममा फागुन १३ गते चितवनमा दुर्गा प्रसाईले गरेको कार्यक्रममा थापालाई कालोमोसो दस्ताको केन्द्रीय संयोजक नियुत्ति गरिएको थियो ।

संयोजक थापाले बैंक तथा वित्तीय संस्थाका प्रमुखहरूलाई कालोमोसो दल्ने धम्की दिएको चितवनका प्रहरी प्रमुख रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

प्रसाई चितवन आएका दिन थापाको नेतृत्वमा कालोमोसो लेखिएको टिसर्ट लगाएर युवाहरू परिचालन गरिएको थियो ।

थापाको अभिव्यक्तिले बैंक तथा वित्तीय क्षेत्रमा एक प्रकारको त्रास सिर्जना भएकोले उनलाई गिरफ्तार गरेको प्रहरी प्रमुख कार्कीले बताउनु भयो ।


दिपेन्द्र अधिकारी