धनकुटाको सहीदभूमि–६ मा मतदान सुरु
सहीदभूमि गाउँपालिका–६ मा स्थगित मतदान जेठ २ गतेबाट जारी छ ।
मतदान प्रक्रियामा नेकपा एमाले र गठवन्धनका प्रतिनिधिबिच वैशाख ३० गते विवाद भएपछि स्थगित भएको मतदान सहीदभूमि गाउँपालिका–६ मा सुरु भएको छ ।
निर्वाचन अधिकृतको कार्यालय सहीदभूमिले ठाकुरदेवी माध्यमिक विद्यालय र ६ नं. वडा कार्यालयको तीन मतदान केन्द्रमा जेठ २ गते पुनः मतदान गर्ने निर्णय गरेको थियो ।
विवादको कारण वैशाख ३० गते बिहान साढे ११ बजे देखि मतदान प्रक्रिया रोकिएको थियो ।
अशक्त, असहाय, तथा ज्येष्ठ मतदाताहरूको तर्फबाट एउटै व्यक्तिले पटक–पटक मतदान गरेको विषयमा विवाद भएको थियो ।
विवाद सुरू भइ मतदान कार्य अवरूद्ध भएपछि सर्वदलीय बैठक राख्दा समेत बेलुकाको ५ बजेसम्म पनि विवादको निरूपण हुन सकेको थिएन ।
सहीदभूमि निर्वाचन कार्यालयले विवादकाबिच मतदान कार्य सञ्चालन गरे थप भौतिक क्षतिसमेत हुने निश्कर्ष निकालेर मतदान प्रक्रिया स्थगित गरेको थियो ।
तीन केन्द्रमा २ हजार ५ सय १३ जना मतदाता रहेका छन् ।
मतदान प्रक्रिया स्थगित हुनुपूर्व ८ सय १२ मत खसेको थियो ।
तीन ओटै केन्द्रमा पुनः नयाँ प्रक्रियाबाट मतदान भइरहेको निर्वाचन अधिकृत रुद्रमणि गिरीले बताउनु भयो ।
मतदान भएपछि मात्र एकै पटक सबै वडाको मतगणना गरिने निर्वाचन अधिकृत गिरीले बताउनु भएको छ ।
निर्वाचन आयोग र मुख्य निर्वाचन अधिकृतसँगको समन्वयमा गणनाको मिति तोकिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
ईश्वर थापा
सम्बन्धित समाचारहरू
बुढीगंगा नगरपालिकामा निर्वाचन सम्पन्न, ६६.८३ प्रतिशत मत खस्यो !
गत वैशाख ३० गते स्थगित गरिएको बुढिगंगा नगरपालिको निर्वाचन कडा सुरक्षाकाबिच असार २३ गते सम्पन्न भएको छ । विहान ७ बजेदेखिे नगरपालिकाका १० ओटा वडामा सुरु भएकोे मतदान कार्य निर्धारित…
घरेलु हिंसा पीडित महिलाद्वारा इन्सेकको सहयोगमा मुद्दा दर्ता
घरेलु हिंसा पीडित कपिलवस्तु नगरपालिका–६ गोबरी घर भई हाल कपिलवस्तु नगरपालिका –११ माइती घरमा बस्दै आएकी २० वर्षीया छायाँ बरीले इन्सेकको सहयोगमा जिल्ला अदालतमा असार २१ गते मुद्दा दर्ता गराउनु…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २३ गते)
असार २३ गते ६० जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८० हजार ५८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ३…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
१३ वर्षीया बालिकालाई विवाह गर्ने प्रलोभनमा पारी बलात्कार गरेको आरोपमा पीडित पक्षले बराहक्षेत्र नगरपालिका–१ का १९ वर्षीय जयकुमार राईविरूद्ध असार २१ गते इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघटीमा उजुरी दिएको छ…
बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले फिदिम नगरपालिका–९ का २२ वर्षीय कृष्ण राइलाई १२ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश योगेन्द्रप्रसाद शाहको असार २१ गतेको इजलासले…