द्वन्द्व पीडितलाई राहत वितरण
शान्ति तथा पुनःनिर्माण मन्त्रालयले रसुवाका द्वन्द्व पीडितहरूलाई असार २३ गते एक कार्यक्रममा राहत रकम वितरण गरिएको छ ।
सशस्त्र द्वन्द्वका क्रममा राज्य तथा विद्रोही पक्षबाट हत्या गरिएका र बेपत्ता पारिएका व्यक्तिका परिवारलाई स्थानीय शान्ति समितिले राहत रकम वितरण गरेको हो ।
प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपाने, इन्सेक जिल्ला प्रतिनिधिलगायतले राहत रकम वितरण गरेका थिए । द्वन्द्वका क्रममा मारिएका २२ जना र बेपत्ता पारिएका एक जनाको परिवारलाई जनही ५ लाख रुपियाँ वितरण गरिएको हो । त्यसैगरी नेपाल प्रहरीका दुई, सशस्त्र प्रहरीका दुई र नेपाली सेनाका एक जनाको परिवारका सदस्यलाई भने १ लाख ७५ हजारका दरले राहत रकम वितरण गरिएको हो ।
हेमनाथ खतिवडा
सम्बन्धित समाचारहरू
खानेपानीको समस्या झेल्दै रारा गाउँबासी
तिला गाउँपालिका–१, रारा गाउँका नागरिकले खानेपानीको समस्या झेल्दै आइरहेका छन् । रारा गाउँका नागरिकले धित मरुन्जेल खानेपानी खान नपाएको पुस्तौँ बित्यो । रारा गाउँमा खानेपानीको चरम समस्या छ । अहिले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दैलेख जिल्लाको चामुन्डा बिन्द्रासैनी नगरपालिका-८ घर भइ बारबर्दिया नगरपालिका-३, बनगाई बस्ने २० वर्षीय प्रकाश कुमार नेपालीलाई प्रहरीले ०८१ असोज १८ गते गिरफ्तार गरेको छ…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
३१ वर्षीया महिलालाई वैदेशिक रोजगारीमा हुँदा सामाजिक सञ्जाल मार्फत दुर्व्यवहार गरेको आरोपमा गुर्भाकोट नगरपालिका–५ का २९ वर्षीय खगेन्द्र ऐरीलाई प्रहरीले ०८१ असोज १६ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
जिल्ला अस्पताल स्तरोन्नति नहुँदा बिरामीलाई सास्ती !
डण्डामा रहेको मध्यबिन्दु अस्पताल स्तरोन्नति नहुँदा बिरामीले सास्ती खेप्दै आएका छन् । १५ शैयाको जिल्ला अस्पताल हाल ७८ शैयामा सञ्चालित छ । तर, स्वीकृत दरबन्दी १५ शैयाको मात्र रहेको छ…
हिलोसहितको बाढीले सुकुम्बासीलाई समस्या ! (फोटो फिचर)
असोज १०, ११ र १२ गते परेको वर्षाले बागमती प्रदेशमा सात ओटा जिल्ला अति प्रभावित भए । सोही वर्षाले बागमती नदीमा आएको हिलोसहितको बाढी नै काठमाडौँ महानगरपालिका–११, वंशीघाटको सुकुम्बासी बस्तीमा…