द्वन्द्व पीडितको शरीरमा अझै गोलीको छर्रा
आर्थिक अभावका कारण रैनादवी छहरा गाउँपालिका-३ भुवनपोखरीकी ३० वर्षीया भुमिका मरासिनी र उनका दुई छोराछोरी १२ वर्षदेखि शरीरमा गोलीको छर्रा लिएर बाँच्न बाध्य छन् । खर्च नहुँदा आफू सहित १४ वर्षीय छोरा पुष्कर र १३ वर्षीया छोरी पुष्पाको गालामा समेत गोलीका छर्राहरू रहेको भुमिकाले बताइन् ।
भुमिकाका अनुसार ०६२ फागुन १६ गते पाल्पा र अर्घाखाँचीको सिमाना तिनगिरेमा तत्कालिन विद्रोही पक्ष माओवादी र सरकारबिचको लडाँइका क्रममा सेनाको हेलिकप्टरले माथिबाट हानेको गोलीको छर्रा उनी र उनकै दुई जना छोराछोरीलाई लागेको थियो ।
'मेरा दुई ओटै गोडामा लागेको गोलीका छर्रा अझै निकाल्न सकेकी छैन । औषधि उपचारका लागि पैसा जुटाउन धेरै ठाउँमा हारगुहार गरेँ । कसैले पनि सहयोग गरेनन् ।'-उनले भनिन्-'त्यतिबेला म सुत्केरी भएको ९ महिना भएको थियो । सुत्केरी बस्न माइतीघर अर्घाखाँचीको खिदिम गएका बेला यस्तो घटना घट्यो । त्यसपछि रुँदैरुँदै घर फर्केँ ।'
गोलीको छर्रा निकाल्न धेरै प्रयास गर्दै काठमाडौँ र भारतसम्म पुगे पनि धेरै पैसा लाग्ने भएपछि उपचार गर्न नसकेको भुमिका बताउँछिन् । आफूले राहतको नाममा सरकारका तर्फबाट ४० हजार रुपियाँ मात्र पाएको भुमिकाले बताइन् ।
यज्ञमूर्ति तिमिल्सिना
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिकाका–३ डोङ्पुरका २० वर्षीय आरजु चौधरीलाई ०८१ माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ १८ गते बलात्कार…
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीलाई मातृशोक
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीकी ममतामयी आमा चन्द्रावती अधिकारीको ९२ वर्षको उमेरमा २०८१ माघ ४ गते असामयिक निधन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष डा. कुन्दन अर्यालद्वारा…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शिवराज नपा–६, पैकेबण्डाका ३० वर्षीय उमर थारु कुजडा विरुद्ध इलाका प्रहरी कार्यालय, चन्द्रौटामा ०८१ माघ २ गते उजुरी दर्ता भएको छ । पीडित महिलालाई…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मायादेवी गाउँपालिका–६ का २३ वर्षीय मनिष कुर्मीलाई प्रहरीले ०८१ माघ २ गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २९ गते यौन दुर्व्यवहार…
सशस्त्र द्वन्द्वका पीडितको सेवा सुविधा कटौती नगर्न मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षण
सशस्त्र द्वन्द्वका पीडितलाई राहत, परिपूरण, न्याय र संस्थागत सुधारसँग जोडिएको भत्ता सुविधा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय भएकाले विगतदेखि पाउदै आएको सुविधालाई कटौती नगरी विगतमा जस्तै सुविधा यथावत पाउने गरी कार्यविधि…