द्वन्द्व पीडितका उजुरीहरूको प्रारम्भिक छानबिन सुरूः सदस्य सुवेदी
सत्य निरूपण तथा मेलमिलाप आयोगमा परेका उजुरीहरूको प्रारम्भिक छानबिन सुरू भइसकेको सत्य निरूपण तथा मेलमिलाप आयोगका सदस्य श्रीकृष्ण सुवेदीले बताएका छन् ।
बर्दिया नागरिक समाज सञ्जालको आयोजनामा साउन ७ गते गुलरियामा आयोजित उजुरी छानबिन प्रक्रियामा सरोकारवालाको भूमिका विषयक कार्यक्रममा सदस्य सुवेदीले उक्त कुरा बताएका हुन् ।
आयोगमा परेका उजुरीहरूको गहिरिएर अनुसन्धान गर्नुपर्ने तथा सामान्य खालका उजुरी छुट्याएर अगाडि बढ्ने तयारी भएको सदस्य सुवेदीले बताए ।
उनले भने-'विस्तृत रूपमा अनुसन्धान गर्नुपर्ने घटनाका पीडित र आरोपित पक्षहरूसँग प्रत्यक्ष स्थानीय स्तरमा पुगी सूचना पुष्टि गर्न खोजी गरिने छ ।'
आयोगमा परेका उजुरीहरूको बारेमा तथ्य पत्ता लगाउन इन्सेकलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूले गरेको अभिलेखीकरण दस्तावेज र स्थानीय शान्ति समिति, जिल्ला प्रशासन कार्यालयमा परेका उजुरीहरू सबैलाई सूचनाको स्रोतको रूपमा प्रयोग गरिने आयुक्त सुवेदीले बताए ।
उक्त अवसरमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले थप गरेको अवधिमा निवेदन दर्ता सम्बन्धित जिल्लाबाट गर्न मिल्ने व्यवस्था हुनुपर्ने द्वन्द्वपीडित समिति बर्दियाका अध्यक्ष भागिराम चौधरीले माग गरेका छन् ।
घटनाका बारेमा पीडितहरूको कुरा सुन्न र अनुसन्धान गर्न उनीहरूको स्थानीय भाषा लगायत हरेक विषयलाई ध्यान दिएर सोही अनुसारको व्यवस्था र तयारी गरी अगाडि बढ्ने सदस्य सुवेदीले जनाए ।
मानबहादुर चौधरी
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार गरेको कसुरमा दुई महिना कैद सजाय फैसला
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले रत्ननगर नगरपालिका-१३ बस्ने ४५ वर्षीय विष्णुबहादुर रानाभाटलाई ०७९ चैत १२ गते दुई महिना कैद सजाय हुने…
बलात्कार गरेको कसूरमा सात वर्ष कैद फैसला
२० वर्षीया युवतीलाई बलात्कार गरेको कसूरमा नारायण नगरपालिका–६ काँडाचौरका २१ वर्षीय राहुल सार्कीलाई दैलेख जिल्ला अदालतले सात वर्ष कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको चैत १२ गतेको इजलासबाट…
पत्रकार कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
गजुरी गाउँपालिका-१ निवासी नेपाल पत्रकार महासङ्घ धादिङका सदस्य तथा ग्यालेक्सी फोरके टेलिभिजनका संवाददाता ३४ वर्षीय विकास रौनियारलाई अवैध बालुवा उद्योगको समाचार र भिडियो खिचेको भनि कुटपिट गरेको आरोपमा सोही ठाउँका…
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ को प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुषको संख्या…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४३ वर्षीय चैत १० गते गिरफ्तार गरेको छ । आरोपितले बहुविवाह गरेर छुट्टै बस्दै आएकोमा चैत ७ गते घरमै पुगेर बलात्कार प्रयास…