द्वन्द्वलाई थप नचर्काउने र शान्ति कामय गर्ने प्रतिबद्धता
गुलरिया नपा-११ लालपुरमा असोज २० गते मुस्लिम र हिन्दु समुदायबिच द्वन्द्वलाई थप नचर्काउने र शान्ति कामय गर्ने प्रतिबद्धता जनाउँदै शान्ति सद्भाव र्याली निकालिएको छ ।
सो ठाउँमा असोज १५ गते हिन्दुहरूले देवीको मुर्ति र मुस्लिमहरूले ताजिया (मोर्हरम) बिर्सजनको विषयलाई लिएर दुई पक्षबिच झडप भएपछि उत्पन्न तनाव र दुवै पक्षबिच खल्बलिएको सम्बन्धलाई जोडी स्थिति सामान्य बनाउन शान्ति सद्भाव र्याली निकालिएको हो ।
दुवै समुदायबिच लामो छलफलपछि असोज २० गते लालपुरमा सद्भाव र्याली निकालिएको हो । सिञ्चाइ मन्त्री सञ्जयकुमार गौतम, गुलरिया नपाका मेयर मुक्तिनाथ यादव, मुस्लिम आयोगका अध्यक्ष नसरुद्दिन शेष, स्थानीय प्रहरी प्रशासन, पत्रकार, वुद्धिजीविहरूको निरन्तरको प्रयासमा र्याली निकालिएको हो ।
हिन्दु, मुस्लिम, शिख, इसाई, हामी सबै भाइभाइको नारा लगाउँदै बृहत र्याली निकालिएको हो । सद्भाव र्यालीबाट धार्मिक सहिष्णुतासहित स्थानीय तहमा सम्बन्धलाई मजबुत बनाउन सहयोग पुग्ने स्थानीयले विश्वास व्यक्त गरे । सद्भाव र्यालीमा सहभागीहरूले सदिँयौदेखि मिलेर बसेका समुदायबिच विवाद हुनु राम्रो नभएको, सबैको समन्वयमा विवाद अन्त्य भई फेरी एकताको वातावरण बनेकोमा खुसी व्यक्त गरे ।
मानबहादुर चौधरी
सम्बन्धित समाचारहरू
मानव वेचविखन आरोपमा अनुसन्धानका लागि कोशी प्रदेशका निर्वतमान कानून मन्त्री गिरफ्तार
कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले गिरफ्तार गरेको छ । मानव बेचविखन घटनामा संलग्न भएको आरोपमा प्रहरीले अनुसन्धानका लागि ०८१ कात्तिक २५ गते विराटनगर महानगरपालिका-२ स्थित…
वडा कार्यालय र स्वास्थ्य चौकीमा तोडफोड
रङ्गेली नगरपालिका-९ को वडा कार्यालय र स्वास्थ्य चौकी भवनमा तोडफोड भएको प्रहरीले जनाएको छ । रङ्गेली नगरपालिका-९ फर्साडाँगीस्थित वडा कार्यालय र स्वास्थ्य चौकी भवनमा ०८१ कात्तिक २२ गते तोडफोड भएको…
बर्दियामा बलात्कारको घटना बढ्दै
बर्दियामा बलात्कारको घटना बढ्दै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार बलात्कारको घटना बढ्दै गएको पाइएको हो । जिल्ला प्रहरी कार्यालयका डिएसपी ऋषिराम घर्तीमगरका अनुसार आर्थिक वर्ष २०८१/८२…
लोती नदीमा पुल निर्माण नगर्दा तुइन तरेको भाडा तिर्नुपर्ने बाध्यता
चंखेली गाउँपालिका–४ को केन्द्र पिप्लाङ भन्दा एक किलो मिटर पुर्वको लोती नदीमाथि तुइन तरेको भाडा तिर्नुपर्ने बाध्यता रहेको स्थानीयले गुनासो गरेका छन् । लोती नदीमा बन्नुपर्ने पुल हालसम्म नबनेका कारण…
भूकम्प पीडित भन्छन् – 'घर पाउने आशा मरिसक्यो'!
गत वर्ष कात्तिक १७ गतेको भूकम्पले आवास विहिन नागरिक न्यानो घर पाउने आशा मारिसकेका छन् । भूकम्पले घर भत्किएर धनजनको क्षति गरेको एक वर्ष बितेपनि दोस्रो किस्ताको रकम पाउँदा विचल्लीमा…