द्वन्द्वमा मारिएकाको आफन्तद्वारा राहतसँगै न्याय दिन माग
सशस्त्र द्वन्द्वको क्रममा ०५८ माघ २३ गते साविक छाङ गाविस हाल म्याग्दे गाउँपालिका–५ को साउनेपानीमा सुरक्षाफौजद्वारा हत्या गरिएका व्यास नगरपालिका– ८ रिस्तीका भरतचन्द्र अधिकारीका बुवा होमनाथ अधिकारीले पीडित परिवारलाई राहतसँगै न्याय पनि दिन माग गर्नु भएको छ ।
पीडित परिवारले सरकारबाट राहत पाएपनि अझैसम्म न्याय नपाएको उहाँले बताउनु भयो । द्वन्द्व पीडितहरुलाई न्याय दिनकोलागि सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्नु पर्ने र उक्त आयोग मार्फत पीडित परिवारलाई न्याय र दोषीलाई कारबाही गर्नु पर्ने उहाँको माग छ ।
यसैगरि सोही घटनामा मारिनुभएका व्यास नगरपालिका– ६ श्याम्घाका वनबहादुर कुमालकी पत्नी कमला कुमालले द्वन्द्व पीडित परिवारको पीडा राज्यले सम्बोधन गर्न नसकेको बताउनु भयो । उहाँले द्वन्द्वका घटनाहरुको यथार्थ छानविन गरि दोषीलाई कारबाहीको दायरामा ल्याउनु पर्ने उहाँको माग छ । सत्य निरुपण आयोग गठनसम्बन्धी संक्रमणकालिन न्यायसम्बन्धी विधेयकमा दलहरुको आफ्नै स्वार्थको कारण पीडितहरुले न्याय पाउनेमा आशा मर्दै गएको उहाँको भनाई छ ।
साउनेपानी हत्याकान्डको २२ वर्ष पुरा भएको सन्दर्भमा नेकपा माओवादी पार्टी र शहिद परिवारको तर्फबाट ०८० माघ २३ गते रिस्ती र श्याम्घामा आयोजित श्रद्धान्जली सभामा बोल्दै द्वन्द्व पीडित परिवारले न्यायको अनुभुती दिलाउनु पर्ने माग गर्नु भएको हो ।
२०५८ माघ २३ गते बिहान बैठक बस्ने क्रममा सुरक्षाकर्मीले घेराहाली नियन्त्रणमा लिइसकेपछि आठ जना माओवादी कार्यकर्ताहरुको सुरक्षाकर्मीले सामुहिक हत्या गरेको थियो । सोही घटनालाई साउनेपानी हत्याकान्डको रुपमा चिनिन्छ ।
उक्त घटनामा रिस्तीका भरतचन्द्र अधिकारी र कलावती अधिकारी, खैरेनीटारकी गिता विक र सन्तोषी बराल, पुर्काेटकी कलावती पौडेल, मिर्लुङका गणेश परियार, श्याम्घाका वनबहादुर कुमाल र गोरखाका श्रीराम पौडेलको मृत्यु भएको थियो । उक्त घटना सशस्त्र द्वन्द्वकालमा तनहुँ जिल्ला भित्र भएको सबैभन्दा ठुलो घटना मानिन्छ ।
प्रकाशचन्द्र भट्टराई
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार
अमरगढी नगरपालिका–३ पथरोडाकी २४ वर्षीया अस्मिता थापा मगरको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति डम्बरबहादुर थापा मगरलाई ०८१ पुस २९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
थप दाइजोका निहुँमा कुटपिट गरेका आरोपितहरूविरूद्ध उजुरी
गोडैता गाउँपालिका-८ की २३ वर्षीया विभा कुमारी महतोलाई ०८१ पुस १४ गते २५ वर्षीय पति विरेन्द्र महतो र ४६ वर्षीया सासु फेकनी देवी महतोले कुटपिट गरेको आरोपमा पीडितले इलाका प्रहरी…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
३६ वर्षीया महिलालाई ०८१ मङ्सिर २४ गते बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-६ का ३९ वर्षीय धिरज चौधरीविरुद्ध ०८१ पुस २८ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनुभएको छ…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१६ वर्षीया बालिकालाई ०८१ पुस ४ गते बलात्कार गरेको आरोपमा कविलासी नगरपालिका-८ का २७ वर्षीय सुनिल यादवविरुद्ध पीडित पक्षले पुस २८ गते इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिनु भएको छ ।…
चिसाले विद्यार्थी बिरामी परेपछि ढोरपाटनका विद्यालय बन्द
अत्यधिक चिसो बढ्दा विद्यार्थी बिरामी परेपछि बागलुङको ढोरपाटन उपत्यकाका विद्यालय बन्द गरिएको छ । हिमपातसँगै अत्यधिक चिसो बढेपछि पुस २६ गतेदेखि सदरमुकामका विद्यालय बन्द गरिएको हो । विद्यार्थीहरु कठ्याङ्ग्रिने र…