द्वन्द्वपीडित भन्छन्-'सरकार पहिला बेपत्ताको सास वा लास देखाउ'
बेपत्ता पारिएका नागरिकका परिवारलाई सरकारले रकम बाँडेर सहानुभूति देखाउनुभन्दा उनीहरूको पछिल्लो अवस्थाको बारेमा परिवारलाई जानकारी दिएमा मात्रै न्याय हुने द्वन्द्वपीडितहरूले बताएका छन् ।
बलपूर्वक बेपत्ता बनाउने कार्यविरुद्धको दिनको अवसरमा भदौ १४ गते कैलालीको धनगढीमा आयोजित अन्तरसम्वाद कार्यक्रममा बोल्दै कैलालीकी द्वन्द्वपीडित कृष्णा चौधरीले आफ्ना बोपत्ता पतिको अवस्था सार्वजनिक गरिदिन सरकारसमक्ष आग्रह गरिन् ।
घरमा कमाउन मान्छेको अवस्था अज्ञात भएको यतिका वर्षबितिसक्दा पनि अझै फर्किएर आउने आशा लाग्ने गरेको बताउँदै कृष्णाले सास वा लासको टुङ्गो लागेमात्रै पनि आफूहरूको पीडा कम हुने बताइन् ।
राष्ट्रिय मानव अधिकार आयोगको संयोजनमा सम्पन्न अन्तरसम्वाद कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, जिल्ला प्रहरी कार्यलय कैलालीका एसपी राजेन्द्र विष्टलगायतले बेपत्ता पारिएका व्यक्तिका बारेमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले चाँडै सत्यतथ्य पत्ता लगाएर न्याय दिनुपर्ने बताएका थिए । त्यसैगरी धनगढीमा आयोजित अर्को कार्यक्रममा दिप प्रज्वलन गरी बेपत्ता पारिएका व्यक्तिको सम्झना गरिएको छ ।
सुमित्रा भट्टराई
सम्बन्धित समाचारहरू
डेंगु रोगका बिरामी बढ्दै, अस्पतालमा ४० प्रतिशत भन्दा बढी डेंगुका बिरामी
पछिललो समय रुपन्देहीमा डेङ्गु रोगका बिरामी बढ्दै गएका छन् । रुपन्देहीका विभिन्न अस्पतालहरूमा ४० प्रतिशत भन्दा बढी डेंगु रोगका बिरामी रहेको र सचेतना कार्यक्रम सञ्चालनका लागि बजेट अभाव भएको जिल्ला…
बर्थिङ सेण्टरमा नर्सिङ स्टाफ नहुँदा बाटोमै सुत्केरी
सुनकोशी गाउँपालिका–९ कटुञ्जेकी १७ वर्षीया लालीमाया (खत्री) रापचाले कटुञ्जे स्वास्थ्य चौकीको बर्थिङ सेण्टरमा नर्सिङ स्टाफ नहुँदा साउन २२ गते दिउँसो बाटोमै नवजात शिशुलाई जन्म दिनु भएको छ । साउन २१…
पत्नी र सासूलाई जलाएर हत्या प्रयासको आरोप, आरोपित फरार !
भङ्गहा नगरपालिका–९ की ३५ वर्षीया प्रमिला देवी सदा र प्रमिलाकी ६५ वर्षीया आमा रेशमादेवी सदालाई रामगोपालपुर नगरपालिका–८ का ३८ वर्षीय शङ्कर सदाले साउन २१ गते राति जलाएर हत्याको प्रयास गरेको…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
२४ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पीडित पक्षले वेलबारी नगरपालिका–२ का २५ वर्षीय विजय तोलाङ्गीविरूद्ध साउन २१ गते प्रहरीमा उजुरी दिएको छ । आरोपितले ०७९ साउन १८ गते केरावारी गाउँपालिका–२…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २२ गते)
साउन २२ गते ४ सय ५१ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९० हजार १ सय २७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…