द्वन्द्वपीडितको रकम वितरण भएन
जिल्लामा द्वन्द्वपीडितहरूका लागि विनियोजित रकम आर्थिक वर्षको अन्त्यमा पनि वितरण भएन । यसरी रकम वितरण हुन नसक्दा पीडितहरूले राहत तथा क्षतिपूर्ति पाउन सकेनन् भने विनियोजित रकम फ्रिज भएको छ ।
जिल्लामा विस्थापितहरूका लागि विनियोजित रकममध्ये २ करोड ४७ लाख ९५ हजार रुपैयाँ र मृतक तर्फको करिब १२ लाख रुपैयाँ वितरण वितरण हुन नसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । समयमा निवेदन प्राप्त नहुँदा र निवेदन दर्ता गर्नेहरू समेत रकम वितरण गर्ने बेलामा सम्पर्कमा नआउँदा राहत तथा क्षतिपूर्ति वितरणमा समस्या भएको प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले बताए ।
प्रभावकारी सूचना संप्रेशण नहुँदा पीडितहरूले समयमा निवेदन दर्ता गर्न नसेको गुनासो गरेका छन् । रकम वितरण गर्ने बेलामा मात्र सूचना संप्रेषण गरिएको थियो । स्थानीय तहको निर्वाचन पूर्व रकम वितरण गर्न कानुनी अप्ठ्यारो परेको हुनाले छोटो समयसीमामा सूचना प्रसार भएको स्थानीय शान्ति समितिका सचिव टंक पौडेलले बताए । सञ्चार माध्यमवाट सूचना प्रवाह गर्दा समेत पीडितहरू समयमा निवेदन दिन नआएको र हालसम्म पीडितहरूको यकिन विवरण समेत अद्यावधिक हुन नसकेको प्रमुख जिल्ला अधिकारी खड्काले बताए । जिल्लामा सर्वसाधारण बेपत्ता २ जना, मृतकमध्ये सर्वसाधारण १७१ र सेना प्रहरी १९ जना रहेका छन् ।
मंगल बेघा
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
दुप्चेश्वर गाउँपालिका -७ नुवाकोट घर भई दक्षिणकाली नगरपालिका -६ बस्दै आएकी ४५ वर्षीया डोल्मा शेर्पाको हत्या गरेको आरोपमा प्रहरीले ६० वर्षीय पति जितबहादुर शेर्पालाई असोज २० गते भक्तपुरबाट गिरफ्तार गरेको…
खानेपानी अभाव हुँदा सेवाग्राही समस्यामा
जयपृथ्वी नगरपालिका–७ स्थित सुबेडा स्वास्थ्य चौकीमा खानेपानीको समस्या हुँदा सेवाग्राही समस्यामा परेका छन् । पानीको अभाव भएका कारण एक घण्टाको बाटो हिडेर खोलाबाट पानी बोकेर पिउनका लागि जम्मा गर्नु परेको…
स्वास्थ्य चौकीमा खानेपानीको अभाव हुँदा बिरामीलाई समस्या
अमरगढी नगरपालिका–३ स्थित घटाल स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि बिरामीलाई समस्या भएको छ । स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि सेवा लिन आउने गर्भवती, सुत्केरी, बिरामी र स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीलाई…
कोशी प्रदेशमा मनसुनजन्य विपद्: पाँच जिल्लाका १८ ओटा विद्यालयमा क्षति
कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुन ०८१ असोज १० गतेदेखि पुन सक्रिय भएपछि मनसुनजन्य प्राकृतिक विपदका कारण ४ अर्ब ६३ करोड ५० लाख रुपियाँ बराबरको भौतिक पूर्वाधारमा…
बाढी प्रभावित र प्रहरीबिच झडप, दुई जना प्रहरीसहित चार जना घाइते
भोक्राहा नरसिंह गाउँपालिकामा बाढी प्रभावित र प्रहरीबिच भएको झडपमा एक जना प्रहरीसहित तीन जना घाइते भएका छन् । बाढी प्रभावितहरूले भोक्राहा नरसिंह गाउँपालिका कार्यालय असोज २१ गते घेराऊ गरी राहत…