द्वन्द्वकालीन घटनाका मुद्दामा आममाफी हुँदैनः महान्यायाधिवक्ता
सरकारका महान्याधिवक्ता रमणकुमार श्रेष्ठले द्वन्द्वकालीन घटनाका मुद्दाहरूमा कुनै पनि हालतमा आममाफी नहुने बताए ।
भदौ २५ गते गुल्मीको तम्घासमा आयोजित एक कार्यक्रममा उनले अन्तर्राष्ट्रिय कानुनले गम्भीर अपराध भनेर परिभाषा गरेका जुनसुकै प्रकारका घटनाहरूमा मुद्दा चल्ने बताएका हुन् ।
वर्तमान अवस्थामा तत्कालीन द्वन्द्वरत पक्ष र सरकारपक्ष अहिले सरकारमा भएको कारण धेरैलाई द्वन्द्वकालीन घटनाका गम्भीर मुद्दाहरूमा आममाफी हुन्छ भन्ने भ्रमहरू सिर्जना गरिएको बताउँदै उनले गम्भीर अपराधमा माफी नहुने प्रष्ट पारे ।
टोपलाल अर्याल
सम्बन्धित समाचारहरू
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई विवाहको प्रलोभन देखाई बलात्कारको प्रयास गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ ब्रह्मदेवका २५ वर्षीय दिपक चन्दलाई ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८, सिमलटारी स्थायी घर भइ भारतको भुपालमा काम गर्ने २४ कमल भन्ने चेत बहादुर क्षेत्रीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।…
सामूहिक बलात्कार घटनाको उजुरी दर्ता
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितहरू ४५ र ४० वर्षीय पुरुषहरूविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरी प्रहरीले ०८१ चैत ३ गते दर्ता गरेको छ ।…
महिला बेचबिखन घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई आकर्षक तलबको प्रलोभन देखाई इराक पुर्याइ मानव बेचबिखन गरेको आरोपमा नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–५ घर भएका ३४ वर्षीय हिरा तामाङलाई प्रहरीले ०८१ फागुन ३ गते गिरफ्तार गरेको…
जङ्गली च्याउ खाँदा १० जना बिरामी मध्ये एक जनाको मृत्यु
जिल्लाको व्यास नगरपालिका-३ मा जङ्गली च्याउ घरमा ल्याएर खाँदा एकै परिवारका १० जना बिरामी परेका छन् । म्याग्दे गाउँपालिका-६ सर्वलाङ बस्ने ३० वर्षीय नारायण मगरले बारीमा उम्रेको जङ्गली च्याउ टिपेर…