द्वन्द्वकालीन घटनाका मुद्दा अन्तर्राष्ट्रिय मान्यताका आधारमा टुङगो लगाउँछौं: महान्यायाधिवक्ता
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा परेका उजुरीहरूलाइ अन्तर्राष्ट्रिय अभ्यास र मान्यताका आधारमा कानुन बनाएर टुङगो लगाउने महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले बताएका छन् ।
पोखरामा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले पीडितहरूलाई न्याय दिलाउन सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग ऐन अन्तर्राष्ट्रिय अभ्यास र मान्यताका आधारमा संशोधनको तयारी भइरहेको बताएका हुन् ।
महान्यायाधिवक्ता श्रेष्ठले द्वन्द्वकालमा भएका गम्भीर प्रकृतिका फौज्दारी अपराधहरूको न्याय निरूपणका लागि नियमित अदालतको कानुनी प्रक्रियाबाट सम्भव नदेखिएको बताउँदै नेपाल सरकारले विषेश अदालत गठनको तयारी गरिरहेको समेत बताए ।
उनले दुवै आयोगमा परेका उजुरीहरूको अध्ययन अनुसन्धान गरी पीडितलाइ न्याय दिलाउनका लागि कानुनले दिएको अधिकार प्रयोग गरेर द्वन्द्वकालीन मुद्दाहरूको न्याय निरूपण गर्न प्रतिबद्ध रहेको बताए ।
विष्णुप्रसाद अधिकारी
सम्बन्धित समाचारहरू
मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपितहरू गिरफ्तार
२३ वर्षीया महिलालाई भारतमा लगेर बेचबिखन गरेको आरोपमा तुलसीपुर उमनपा–१६ का ३० वर्षीय राजेश नेपाली, पत्नी ३५ वर्षीया राधा पाण्डेय र भारत उत्तर प्रदेश बलरामपुर जिल्ला इमिलियाका ४९ वर्षीय रामनिवास…
मानव अधिकार आयोगका केन्द्रीय अध्यक्ष र मानव अधिकारकर्मीहरूबीच अन्तरक्रिया
राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालय जनकपुरधाममा २०८१ माघ २९ गते मानव अधिकार उल्लङ्घनका घटनाहरूको बारेमा प्रदेश तहमा मानव अधिकारको क्षेत्रमा काम गर्ने अधिकारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ…
कुटपिट घटनाका आरोपितहरूविरुद्ध उजुरी
विदेह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ३५ वर्षीय दिपेन्द्र कुमार शाहलाई ०८१ माघ २७ गते सोही पालिकाका नगर प्रमुख ४० वर्षीय बेचन दास र निजका २५ वर्षीय छोरा राम भजन दासले…
अपहरण, शरीर बन्धक र बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई अपहरण गरी शरीर बन्धक बनाई बलात्कार गरेको आरोपमा पकाहामैनपुर गाउँपालिका-१ ढोरे टोल का २० वर्षीय सल्मान देवानलाई माघ २९ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई…
बलात्कार प्रयास घटनाका आरोपितहरूविरुद्ध उजुरी
१९ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा गौशाला नगरपालिका-६ निगौलका २० वर्षीय इब्राम नदाफ, २१ वर्षीय गुफ्रान शेख र २० वर्षीय मुन्ना शेखविरुद्ध ०८१ माघ २९ गते पीडित पक्षले जिल्ला…