द्वन्द्वकालिन घटना सम्बोधन गर्न सरकारले बेवास्ता गरेको पीडितहरूको गुनासो

  ०७९ असोज ६ गते

द्वन्द्वकालिन घटना सम्बोधन गर्न सरकारले वेवास्ता गरेको द्वन्द्व पीडितहरूले गुनासो गरेका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), द्वन्द्व पीडित महिला राष्ट्रिय सञ्जाल, ओरेक नेपाल, महिला मानव अधिकारका लागि एकल महिला समूह लगायतले असोज ५ गते आयोजना गरेको अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा जनकपुरधाममा आयोजित कार्यक्रममा द्वन्द्व पीडित प्रभावितहरूले सो गुनासो गरेका हुन् ।

द्वन्द्वकालिन समयमा राज्यका तर्फबाट सहादत प्राप्त अमर सहिद प्रहरी परिवार पुनम् ठाकुरले आफुहरूलाई राज्यले बेवास्ता गर्दै आएको गुनासो गर्नु भयो ।

उहाँले राज्यको तर्फबाट द्वन्द्वकालिन समयमा लड्दा आफ्नो पतिले ज्यान गुमाउँदा सरकारले १० लाख रुपियाँ क्षतिपूर्ति बाहेक अन्य सुविधा समेत नदिएको गुनासो गर्नु भयो ।

उहाँले आफुहरूलाई अमर सहिद प्रहरी परिवारको परिचयपत्र समेत नबनाई दिएकाले भोलिका दिनमा आपूmहरूलाई परिचय दिलाउन समेत समस्या हुने बताउनु भयो ।

द्वन्द्वकालिन समयमा जनकपुरको कटैयाचौरीबाट गिरफ्तार गरिएको पाँच जना युवाहरूलाई तत्कालिन शाही सेनाले गिरफ्तार गरी हत्या गरेर गाडेको सञ्जिव कर्ण (दिपु) का भाइ राजिव कर्णले द्वन्द्वकालिन घटनाका पीडित परिवारहरूलाई न्यायको अनुभूति हुने गरी राज्यले सम्बोधन गर्न आवश्यक रहेको बताउनु भयो ।

द्वन्द्वकालिन समयका पीडितहरूको अवस्था नाजुक रहेकाले परिपुरण समेत आवश्यक भएको बताउनु भयो ।

पाँच जना युवाको अवस्था अज्ञात पारिएकोमा आफ्नो बुबा जयकिशोर लाभ अभिवक्ता भएकाले उहाँले जेनेभास्थित अन्तर्राष्ट्रिय फोरमा आवाज उठाउँदा आफ्नो दाईसहित पाँच युवाको शव कमला नदीस्थित गोदारबाट उत्खन्न गरिएको कर्णले बताउनु भयो ।

द्वन्द्वकालिन समयमा राज्य पक्षबाट हत्या गरिएका जितेन्द्र झाका आमा इन्दिरा देवी झाले आफ्नो घरपरिवारको अवस्था निकै नाजुक भएको बताउनु भयो ।

घरको जेठो छोरा नै गुमाएको र सात वर्षपछि शव पाउँदा आपूmहरूको अवस्था विक्षिप्त भएको बताउनु भयो ।

जनकपुरमा भाडामा बस्दै आएको बताउँदै उहाँले घरपरिवार समेत चलाउन मुस्किल हुँदै आएको बताउनु भयो ।

द्वन्द्वकालिन समयमा माओवादीबाट पीडित भई विस्थापित भएकी सुशिलादेवी यादवले पति श्रीप्रसाद यादवलाई माओवादी कार्यकताहरूले घरमा आक्रमण गरी श्रीप्रसाद यादवलाई कुटपिट गरी हत्या गरेपछि आफ्नो परिवार नै विस्थापित भई हालसम्म जनकपुरमै भाडामा बस्दै आएकोे दुखेसो व्यक्त गर्नु भयो ।

उहाँले आफूहरूलाई राज्यको तर्फबाट १० लाख रुपियाँ दिएको भएपनि प्रदेश सरकारले दिन लागेको ३ लाख रुपियाँ राहतको पहिलो किस्ता १ लाख रुपियाँ नपाएको गुनासो गर्नु भयो ।

घरमुलीकै हत्या गरिएपछि गाउँमा भएको जग्गा जमीन बेच्दै छोराछोरीको पालनपोषण गर्दै आएको उहाँले बताउनु भयो ।

यसैबिच असोज ५ गते साँझ जानकीमन्दिरको प्राङ्गणमा दिप बालेर द्वन्द्वकालिन घटनामा दिवङ्गत आत्माहरूको शान्तिको कामना गरिएको छ ।

मधेस प्रदेश सरकारको कृषि राज्यमन्त्री योगेन्द्र राय यादवको विशेष उपस्थितिमा आयोजित दिप प्रज्वलन कार्यक्रममा उहाँले समाजमा देखिएको जातीयवादको अन्त्य नै शान्तिको प्रमुख माध्यम रहेको बताउनु भयो ।

समाजमा उचनिच तथा भेदभावका परिष्कृत तरिका देखिँदै आएकोमा दिप प्रज्वलन तथा सार्वजनिक स्थानमा मानिसका बिच मनाउँदा शान्ति तथा सद्भावका स्रोतहरू जोडिने उहाँले तर्क गर्नु भयो ।

photo20220922dhanusha (1)

photo20220922dhanusha (2)


दिपेन्द्रप्रसाद सिंह