द्वन्द्वकालमा मारिएका र बेपत्ता पारिएका परिवारलाई ५ लाख रुपियाँ दिने सरकारको निर्णय

सरकारले पूर्व घोषणा गरे बमोजिम द्वन्द्वकालमा मारिएका र बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको परिवारलाई ५/५ लाख रुपियाँ दिने निर्णय गरेको प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् ।

सहिद एवम् बेपत्ता योद्धा परिवारका प्रतिनिधिहरूसँग साउन ३२ गते भेट गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्को साउन २० गतेको बैठकले घोषणा गरे बमोजिम सरकारले सहिद एवम् बेपत्ता र द्वन्द्वका क्रममा मृत्यु भएका परिवारलाई सो रकम वितरण गर्ने सरकारले निर्णय गरेको बताएका हुन् ।

यसअघिको पुष्पकमल दाहालकै नेतृत्वको सरकारले २०६५ सालमा द्वन्द्वकालमा मारिएका र बेपत्ता पारिएका व्यक्तिको परिवारलाई १० लाख रुपियाँ दिने निर्णय गरेपछि पहिलो चरणमा पाँच लाख रुपियाँ मात्र वितरण गरिएको थियो ।


विवेक ढुङ्गाना