द्वन्द्वकालमा छोरा मारिएपछि मानसिक स्वास्थ्य कमजोर, सहयोगको अपिल
सशस्त्र द्वन्द्वको क्रममा छोरा मारिएपछि मानसिक रूपमा कमजोर भएकी शुक्लागण्डकी नपा-१६ घारी तालवेशीकी ४१ वर्षीया चिना केसी अझै पनि उही समस्याबाट पीडित छिन् ।
नेपाल प्रहरीमा कार्यरत उनका जेठा छोरा कमल केसीलाई द्वन्द्वको क्रममा ०५८ सालमा तत्कालीन विद्रोही नेकपा माओवादीबाट रोल्पामा हत्या गरेपछि केसीको मानसिक अवस्था कमजोर भएको हो । त्यस यता उनको अवस्था झन बिग्रिएको परिवारले जनाएको छ ।
प्रहरीमा कार्यरत छोरालाई माओवादीले हत्या गरेपछि नै केसीको मानसिक अवस्था बिग्रिएको स्थानीय शालिग्राम सिग्देलले बताए । सिग्देलका अनुसार त्यस अगाडि भने केसी स्वस्थ थिइन् ।
छोरा मारिएपछि निकै पीडामा परेकी केसीमा लामो समयसम्म टोलाउने, त्यसपछि आफ्नै सुरमा बर्बराउने र आफ्नै सुरमा हिँड्ने जस्ता मानसिक समस्याहरू देखिएको सिग्देलले बताए ।
केसीका तिन छोराहरू मध्ये जेठा कमलको हत्या भएपनि दुई भाइ अझै नेपाली सेनामा कार्यरत छन् । दुवै छोराका पत्नीहरूले केसीको हेरचाह गर्दै आएका छन् ।
आफूलाई विवहा गरेर ल्याउँदा नै आमाको अवस्था यस्तै रहेको कान्छी बुहारी सीताले बताइन् । उनले सुने अनुसार पनि जेठो छोराको मृत्यु भएपछि केसीको मानसिक अवस्था बिग्रिएको हो ।
छोरा द्वन्द्वमा मारिएपछि राज्यको तर्फबाट पाउने राहत प्राप्त भएको र त्यसले आमालाई हेरविचार उपचारसमेत गरिएको सीताले बताइन् । तर, उपचारले केही प्रगति नभएको उनको गुनासो छ ।
प्रकाशचन्द्र भट्टराई
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २४ गते)
साउन २४ गते ५ सय ६० जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९१ हजार १ सय ८५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तुलसीपुर उप–मनपा–६ का ३४ वर्षीय बालाराम डाँगीलाई साउन २४ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन २३ गते यौन दुर्व्यवहार गरेको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६० वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तानसेन नगरपालिका– ६ का २५ वर्षीय शंकर बिकलाई साउन २२ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन २१ गते यौन…
बाबुद्वारा जङ्गलमा अलपत्र छाडिएकी बालिकाको मृत्यु, आरोपित बुबा गिरफ्तार
१५ महिने अनामिका बोहोरालाई जङ्गलमा अलपत्र छाडिएकी बालिकाको मृत्यु भएपछि प्रहरीले बागलुङ नगरपालिका–६ लमगाउँका ३७ वर्षीय बालिकाका बाबु दीपक बोहोरालाई साउन २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…
६ महिने बालिकाको हत्या गरेको आरोपमा आमा गिरफ्तार
६ महिने नाबालिका छोरीको हत्या गरेको आरोपमा प्रहरीले गल्याङ् नगरपालिका–२ इलुङगाकी २२ वर्षीया लक्ष्मी राना र लक्ष्मीका प्रेमी पाल्पा रामपुरका केदार कुमाललाई साउन २० गते गिरफ्तार गरेको छ । ६…