द्वन्द्वकालमा क्षति पुर्याइएका गाविस भवन पुनर्निर्माण नहुँदा स्थानीय नागरिक मर्कामा
तत्कालीन विद्रोही नेकपा माओवादीले द्वन्द्वकालमा क्षति पुर्याइएका (भत्काएर, जलाएर, बम विस्फोट गरेर) गाविस भवन पुनर्निर्माण नहुँदा बैतडीका १५ गाविसका स्थानीय नागरिक मर्कामा परेका छन् ।
जिल्लामा रहेका ५६ ओटा गाविस र दुई नगरपालिकामध्ये १५ ओटा गविस भवन अझै सम्म पनि पुनर्निर्माण गरिएको छैन । तत्कालीन विद्रोही र सरकारबिच भएको सहमति अनुसार द्वन्द्व समाप्त भएको १० वर्षबितिसक्दा समेत अझै गाविसको सहज सेवाबाट स्थानीय नागरिक वञ्चित हुनुपरेको रौलेश्वर गाविसका स्थानीय दिनेशप्रशाद भट्टले गुनासो गरे ।
गाविसको आफ्नो भवन नहुँदा ती गाविसका सचिवहरू सदरमुकाममा बस्दै आएका छन् । 'गाविसमा हुने सानो कामका लागि पनि दुई दिनको पैदल यात्रा गरेर सदरमुकाम पुग्नु पर्छ ।'- सिगास गाविसका धनबहादुर बोहराले भने ।
५६ ओटा गाविसमध्ये माहारुद्र, ग्वाल्लेक, माहाकाली, रुद्रेश्वर, कोट्पेटरा, महादेवस्थान, तल्लादेही, चौखाम, रौलेश्वर, शङ्करपुर, सिखरपुर, गाँजरी, सिगास र सिद्देश्वरलगायतका गाविस भवन नभएको जिल्ला प्राविधिक कार्यालयका नायब सुब्बा डम्बरदत्त पाण्डेयले बताए ।
'द्वन्द्वकालमा जलाइएका अधिकांश गाविसमध्ये केही गाविसहरू शान्ति तथा पुनर्निर्माण मन्त्रालयले निर्माण गरेको र केही गाविसहरूले आफ्नै बजेटबाट सामान्य भवन मर्मत गरेका छन् ।'-जिल्ला विकास समितीका वरिष्ठ समाजिक परिचालक गणेशदत्त अवस्थीले भने ।
गाविस भवन नहुँदा सचिवहरूले झोलामा गाविसका कागजात र छाप बोकी हिँड्ने गरेका छन् । गाविस भवन नहुँदा स्थानीय स्तरमा बसेर सेवा दिन मुस्किल पर्ने गरेको गाविस सचिव अम्बादत्त बोगटीको भनाइ छ ।
"सङ्घीयताको बहस चलाउने सरकारले द्वन्द्व समाप्त भएको १० वर्षसम्म पनि गाविस भवन नबनाएर जनताको दुख हेरिरहेको छ । जनतालाई दुख दिइरहेको छ ।'-चौखाम गाविसका पदम बोहराले भने ।
अन्य ४१ गाविसहरुमध्ये पनि अधिकांश गाविस भवनहरू सेवा दिन लायक नभएको प्राविधिक कार्यालयले जनाएको छ ।
नरी बडु
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा निजका ३० वर्षीय काकालाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले ०८१ भदौ २८ गते गिरफ्तार गरेको छ। आरोपितले भदौ २८ गते बलात्कार गरेकाे भन्दै पीडितले सोहि दिन…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरी फरार रहेका आरोपित चन्द्रपुर नगरपालिका-१० का २८ वर्षीय दिनेश सहनीलाई ०८१ भदौ २७ गते इलाका प्रहरी कार्यालय चपुरले गिरफ्तार गरेको छ। आरोपित सहनिले ०८१…
बालिका कुटपिट कसुरमा तीन महिना कैद सजायको फैसला
उर्लावारी नगरपालिका-६ की ११ वर्षीया बालिका आयुसा राईलाई कुटपिट गरेको कसुरमा जिल्ला अदालतले धरान उपमहानगरपालिका-११ स्थायी घर भइ उर्लावारी नगरपालिका-६ मा बस्दै आएका २६ वर्षीय मिशन भनिने रूद्रबहादुर राईलाई ३…
बलात्कार गरेको कसुरमा कैदको फैसला
७५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले भदौ ३० गते खनियाबास गाउँपालिका-५ का ५१ वर्षीय पदमबहादुर तामाङलाई जन्मकैद हुने फैसला गरेको छ । न्यायधीश गोपालप्रसाद बास्तोलाको इजलासले कसुरदारलाई जन्मकैद…
बलात्कार गरेको ठहर गर्दै ८ वर्ष ८ महिना कैदको फैसला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १६ वर्षीय बालकलाई जिल्ला अदालतले भदौ ३१ गते ८ वर्ष ८ महिना कैद गर्ने फैसला गरेको छ । न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले बालकलाई ८…