द्रव्यशाह क्याम्पस हातामा विष्फोट
गोरखा नपा-लक्ष्मिबजारको द्रव्यशाह क्याम्पस हाताभित्र बम विष्फोट भएको छ । फागुन १६ गते बिहान ११ बजेर ३० मीनेटमा सुतली बम विष्फोट भएको प्रहरीले जनाएको छ ।
विष्फोटका कारण मानवीय र भौतिक क्षति नभएपनि विष्फोट भएको ठाउँमा बारुद र पातपतिङ्गर जलेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर महेश्वर उपाध्यायले बताए ।
उक्त बम कसले विष्फोट गराएको हो भन्ने विषयमा एकिन हुन नसकेको प्रहरीले जनाएको छ । स्वतन्त्र विद्यार्थी युनियनको चुनाव आउन दुई दिन बाँकी हुँदा क्याम्पस परिसरमा बम विष्फोट भएपछि विद्यार्थी आतङ्कित भएका छन् । विष्फोटपछि क्याम्पस परिसरमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
हरिराम उप्रेती
सम्बन्धित समाचारहरू
जलविद्युत आयोजनाको सामग्री बोक्ने ठुलागाडीले गर्दा सर्वसाधारणको स्वास्थ्य समस्या
हिमाली जिल्ला म्याग्दीको रघुगङ्गा गाउँपालिका भित्र निर्माणधिन आठ ओटा जलविद्युत आयोजनाका कारण गाउँपालिकाका चार ओटा वडाका सर्वसाधारणमा स्वास्थ्य समस्या थपिएको छ । बिहानैदेखि गाडी कुद्न थाल्दासाथ धुलोले गाउँघरनै पुरै छोप्ने…
हत्या घटनाका आरोपित गिरफ्तार
अर्जुनधारा नगरपालिका-३ दार्जिलिङ डाडाँकी ३७ वर्षीया मुना चौहानको हत्या गरेको आरोपमा प्रहरीले ४६ वर्षीय पति वीरबहादुर चौहानलाई असोज २८ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले ०८१ असोज…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बारबर्दिया नगरपालिका-६ का २० वर्षीय सन्तराम थारुलाई प्रहरीले ०८१ असोज २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज २६ गते बलात्कार गरेको…
रिम्नागाउँमा खानेपानीको समस्या
भेरी नगरपालिका–१, रिम्नामा खानेपानीको समस्या भएको छ । जिल्लामा ०८० कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पले खानेपानीको मुहान भासिएपछि रिम्नागाउँमा खानेपानीको समस्या भएको हो । रिम्नाका करिव ३ सय ५०…
हत्या घटनाका आरोपित नन्देभाइ गिरफ्तार
माडी नपा-७ देवेन्द्रपुरकी ७१ वर्षीया विष्णुमाया रानाभाटलाई खुर्पा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले माडी नपा-७ का ६२ वर्षीय नन्देभाइ (नन्दका पति) टीकाराम रानाभाटलाई असोज २६ गते गिरफ्तार गरेको छ…