दोलखा घटनाका घाइतेहरूको उपचार शिक्षण अस्पतलमा हुँदै
दोलखाको गौरिशङ्कर गाउँपालिका-२ जुँगुमा वैशाख २६ गते नेकपा माओवादी केन्द्रका कार्यकर्ताको कुटपिटबाट घाइते भएका निलकण्ठेश्वर उच्चमाविका शिक्षक दिलबहादुर बुढाथोकीको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
पीडित बुढाथोकीको टाउको र शरीरका विभिन्न भागमा चोट छ । उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
त्यस्तै दोलखा जिल्ला मेलुङ गाउँपालिका-१ स्थित सतेश्वर माविमा रहेको मतदान केन्द्रमा वैशाख ३१ गते प्रहरीको गोली लागी घाइते भएका मेलुङ गाउँपालिका-१ का ३२ वर्षीय रोशन भुजेल, २८ वर्षीय भुवन थापा, १८ वर्षीय बुढाराज बस्नेत, ३३ वर्षीय घलेन्द्रबहादुर बुढाथोकी, ४१ वर्षीय निर्मलकुमार कोइराला, उद्धव बुढाथोकी, प्रविन बस्नेत र प्रकाश खत्रीलगायत ११ जनालाई उपचारका लागि सोही दिन शिक्षण अस्पताल ल्याइएको थियो ।
घाइते ११ जना मध्ये मोहनबहादुर बुढाथोकी, रामशरण ठकुरी र नारायण बस्नेतलाई जेठ १ गते डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।
गोली लागी घाइते भएका उनीहरू सबैको गोडामा गोली लागेको बताइएको छ । सोही घटनामा प्रहरीको गोली लागी नहकुल भुजेलको मृत्यु भएको थियो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का व्यवस्थापन प्रमुख प्रेम पराजुली, इन्सेक क्षेत्रीय कार्यालय काठमाडौँका संयोजक कृष्ण गौतम र प्रलेख अधिकृत राजु पासवान सम्मिलित टोलीले जेठ १ गते शिक्षण अस्पतालमा पुगी घाइतेहरूलाई भेटी स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको छ ।
भेटघाटका क्रममा पीडित तथा पीडितका आफन्तले समयमा डाक्टर नआउने र अस्पतालले उपचार कार्यमा लापरबाही गर्ने गरेको गुनासो गरेका थिए । उनीहरूको उपचार खर्च सरकारले गर्ने भएको घाइतेहरूले जानकारी दिए ।
इन्सेक क्षेत्रीय कार्यालय, काठमाडौँ
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार
अमरगढी नगरपालिका–३ पथरोडाकी २४ वर्षीया अस्मिता थापा मगरको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति डम्बरबहादुर थापा मगरलाई ०८१ पुस २९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
थप दाइजोका निहुँमा कुटपिट गरेका आरोपितहरूविरूद्ध उजुरी
गोडैता गाउँपालिका-८ की २३ वर्षीया विभा कुमारी महतोलाई ०८१ पुस १४ गते २५ वर्षीय पति विरेन्द्र महतो र ४६ वर्षीया सासु फेकनी देवी महतोले कुटपिट गरेको आरोपमा पीडितले इलाका प्रहरी…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
३६ वर्षीया महिलालाई ०८१ मङ्सिर २४ गते बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-६ का ३९ वर्षीय धिरज चौधरीविरुद्ध ०८१ पुस २८ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनुभएको छ…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१६ वर्षीया बालिकालाई ०८१ पुस ४ गते बलात्कार गरेको आरोपमा कविलासी नगरपालिका-८ का २७ वर्षीय सुनिल यादवविरुद्ध पीडित पक्षले पुस २८ गते इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिनु भएको छ ।…
चिसाले विद्यार्थी बिरामी परेपछि ढोरपाटनका विद्यालय बन्द
अत्यधिक चिसो बढ्दा विद्यार्थी बिरामी परेपछि बागलुङको ढोरपाटन उपत्यकाका विद्यालय बन्द गरिएको छ । हिमपातसँगै अत्यधिक चिसो बढेपछि पुस २६ गतेदेखि सदरमुकामका विद्यालय बन्द गरिएको हो । विद्यार्थीहरु कठ्याङ्ग्रिने र…