दोलखामा अझै मत गणना सुरु भएन: प्रहरी प्रशासनको मिलेमतोमा सत्ता गठबन्धनले बुथ कब्जा गरेको एमालेको आरोप
नेकपा एमालेले प्रहरी प्रशासनको मिलेमतोमा सत्ता गठबन्धन दलले निर्वाचनमा बुथ कब्जा गरेको आरोप लगाएको छ ।
एमालेले ०७९ मङ्सिर ५ गते विज्ञप्ति जारी गर्दै प्रमुख जिल्ला अपधकारी भोजराज खतिवडा र प्रहरी प्रमुख डिएसपी गंगा पौडेललेको प्रत्यक्ष मिलेमतो र योजनामा जिल्लामा बुथ कब्जाको घटना भएको आरोप लगाएको हो ।
नेकपा एमाले दोलखाका अध्यक्ष एवम् दोलखा क्षेत्र नम्बर १ मा प्रदेश सभाका उम्मेदवार नरबहादुर श्रेष्ठले विज्ञप्ति जारी गर्दै मतदान केन्द्र रणमैदान बन्दा समेत प्रहरी, प्रशासन मौन बसेको तथा प्रमुख जिल्ला अधिकारी खतिवडा र डिएसपी पौडेल स्वयम् गठबन्धनको बुथ कव्जामा सहयोगी बनेको आरोप लगाएका हुन् ।
एमालेले अघिल्ला निर्वाचनमा हिंसाग्रस्त भएको संवेदनशील बुथहरूमा गठबन्धनको तर्फबाट सिफारिस गरिएका मतदान अधिकृत खटाउने काममा सेटिङ भएको र सेटिङको आधारमा डिएसपी पौडेलले ति बुथहरूमा प्रहरी इन्चार्ज खटाएको आरोप लगाएको छ ।
भुषाफेदा, कालिञ्चोक, भेड्पुको जुकेपानी, वैतेश्वर गाउँपालिकाको १, ३ र ६ मा बुथ कब्जा हुँदा प्रशासन मौन बसेको तथा प्रमुख जिल्ला अधिकारी खतिवडा र डिएसपी पौडेलले आफ्नो पदिय अधिकारको समेत दुरुपयोग गरेको एमालेको विज्ञप्तिमा उल्लेख छ ।
मतदातालाई मतदानस्थलमा कुटपिट गरी लखेटेर बुथ कब्जा गरेर लोकतन्त्र र गणतन्त्रको उपहास गर्दै निर्वाचनलाई सत्ताको आडमा घिनलाग्दो बनाएको एमालेको विज्ञप्तिमा उल्लेख छ ।
बुथकव्जा भएको मतपत्र भुईमा छरिएको, एकलौटी भोट हालिरहेको दृश्य र तस्वीरहरूलाई एमालेले सुरक्षा प्रमुखहरूलाई पठाउँदा पनि बेवास्ता गरेको र माथिल्लो निकायमा झुठो विवरण सम्प्रेषण गरेर प्रजिअ र डिएसपीले पदिय अधिकार दुरुपयोग गरेको एमालेको आरोप छ ।
एमालेले दोलखाका मुख्य निर्वाचन अधिकृतप्रति पनि असन्तुष्टि जनाएको छ । मतदानको दिन दोलखाका मतदानास्थलहरूमा बुथकव्जा, ढुङ्गामुडा र गुण्डागर्दीको घटनाका बारेमा मुख्य निर्वाचन अधिकृतलाई सबै जानकारी भए पनि सो घटनामा कुनै निर्णय नलिई मौना साँधेको एमालेको आरोप छ ।
एमालेले बुथ कव्जा भएका मतदान केन्द्रमा पुनः मतदान गराउन माग पनि गर्दै चरिकोटस्थित मतगणना स्थल गौरीशंकर बहुमुखी क्याम्पस अगाडि नाराबाजी गर्दै विरोद प्रदर्शन गरेको छ ।
उद्धव पोखरेल
सम्बन्धित समाचारहरू
भानु नगरपालिकाले लागु गर्याे स्थानीय पाठ्यक्रम
भानु नगरपालिकाले आधारभूत तह कक्षा एक देखि आठ सम्मका लागि स्थानीय पाठ्यक्रम ‘हाम्रो भानु’ लागु गरेको छ । नगरपालिकाले चालू शैक्षिक सत्र २०८० का लागि उक्त पाठ्यक्रम तयारगरि प्रयोगमा ल्याएको…
चिकित्सक कुटपिट तथा अस्पताल तोडफोड घटनामा थप आठ जना अरोपित गिरफ्तार
मणिपाल शिक्षण अस्पताल पोखराका चिकित्सक अनिल शाहमाथि असोज ८ गते कुटपिट र अस्पताल तोडफोड गरेको आरोपमा प्रहरीले थप आठ जनालाई गरिफ्तार गरेको छ । आरोपितहरुलाई प्रहरीले असोज १२ गते बेलुका…
बालसुधार गृहबाट फरार बालबालिकाहरू पुनः गिरफ्तार
वीरगंज महानगरपालिका–४ बिर्तास्थित बालसुधार गृहबाट फरार दुई जना बालकहरूलाई प्रहरीले पुनः गिरफ्तार गरेको छ । बालसुधार गृहको कमजोर व्यवस्थापनका कारण सुधार गृहबाट ०८० असोज १२ गते भागेका दुई जना बालक…
चिकित्सक कुटपिट घटनाका आरोपित गिरफ्तार
सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजका इन्टर्न डा. मनिष खड्कामाथि कुटपिट गरेको आरोपमा काठमाडौँ महानगरपालिका-९, सिनामङ्गलका ३४ वर्षीय सरोज गौतम र गुल्मी घर भइ काठमाडौँ महानगरपालिका-७, चाबहिल बस्ने २२ वर्षीय रूपक गौतमलाई…
ज्येष्ठ नागरिकको अधिकार सुनिश्चित गर्न आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले सरकार तथा सरोकारवाला निकायलाई ज्येष्ठ नागरिकहरूको अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले ०८० असोज १४ गते विज्ञप्ति जारी गर्दै बदलिँदो…