दोलखाको तामाकोशी जनज्योती मावि मतदान केन्द्रमा झडप

दोलखाको तामाकोशी गाउँपालिका ५ स्थित जनज्योति माविमा रहेको मतदान केन्द्रमा नेकपा माओवादी केन्द्र तथा नेपाली काङ्ग्रेस र नेकपा एमाले कार्यकर्ता बिच वैशाख ३१ गते झडप भएको छ । मतदाताहरूलाई मतदान गर्न दुवै पक्षले अवरोध गर्ने क्रममा उनीहरुबिच झडप भएको हो ।

झडपलाई नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड हवाई फायर गरेको छ । हवाई फायरको गोली लागेर तामाकोशी गाउँपालिका ५ की लिला खड्का घाइते भएकी छिन् । उनको किर्नेटार स्वास्थ्य चौकीमा उपचार भइरको प्रहरीले जनाएको छ । सो मतदान केन्द्रमा हाललाई मतदान स्थगित गरिएको छ ।

यसैबीच दोलखाको मेलुङ् गाउँपालिका-६ स्थिति त्रिभुवन मावि केन्द्रमा एमालेका कार्यकर्ताहरूलाई बैशाख ३१ गते मतदानका क्रममा काङ्ग्रेस र माओवादी केन्द्रका कार्यकर्ताहरूले लखेटेका छन् । उनीहरूलाई मतदान गर्न समेत वञ्चित गरिएको जनाइएको छ ।


उद्धव पोखरेल