दोलखाका १० ओटा मतदान केन्द्रमा पुन: मतदान सुरु
विवादका कारण रोकिएको दोलखाका १० ओटा मतदान केन्द्रमा ०७९ मङ्सिर १५ गते पुनः मतदान भइरहेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाका सूचना अधिकारी शिवकुमार पोखरेलका अनुसार बिहान ७ बजेदेखि मतदान सुरु भइरहेको हो।
निर्वाचन आयोगको मङ्सिर ११ गतेको निर्णयले बैतेश्वर गाउँपालिका–२ को जनज्योति माध्यमिक विद्यालयका मतदान केन्द्र क र ख, वडा नम्बर ३ को कालीढुङ्गा माविका क, ख, ग मतदान केन्द्र, वडा नम्बर ६ को बैत्यश्वर माध्यमिक विद्यालय मतदान केन्द्र क, ख, ग तथा तामाकोशी गाउँपालिका वडा नम्बर- ३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्रका क र ख गरी १० ओटा मतदान केन्द्रमा ४ मङ्सिरमा भएको निर्वाचनलाई रद्द गरी पुनः मतदान गर्ने निर्णय गरी मङ्सिर १५ गते भित्र मतदान गर्न जिल्ला निर्वाचन कार्यलयलाई निर्देशन गरेको थियो ।
सोही अनुसार जिल्ला निर्वाचन कार्यालय दोलखाले मङ्सिर १४ गते उक्त सबै मतदानक केन्द्रमा पुन मतदान गर्ने निर्णय गरेको हो ।
मतदान साँझ ५ बजेसम्म चल्ने छ ।
उद्धव पोखरेल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तु बाणगंगा नपा–१० ओदारीका १९वर्षीय मनोज चौधरी र तिलोत्तमा नपा–१० सुपौलीका कुलबहादुर थापालाई माघ १० गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रुबीभ्याली गाउँपालिका-६ का ४६ वर्षीय आफ्नै बुवालाई प्रहरीले ०७९ माघ १२ गते गिरफ्तार गरेको छ । पीडित सुतेकै अवस्थामा नीलकण्ठ नगरपालिका-१२ साङकोष अस्थाई घरमा…
पीडित महिलालाई इन्सेकद्वारा आर्थिक सहयोग प्रदान
कथित बोक्सी आरोपमा कुटिएकी सिद्धलेक गाउँपालिका–२ बिसटारी की ४७ वर्षीया हिरादेवी सिलवाललाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०७९ माघ १३ गते सहयोग नगद उपलब्ध गराएको छ । इन्सेकको पीडित…
कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भई कानुनी प्रकृयामा जान नसकेका दुई जना घरेलु हिंसा पीडित महिलालाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले आर्थिक सहयोग गरेको छ । जाजरकोट जिल्लाको…
अनुगमनमा गएका वडा सदस्यमाथि कुटपिट
छिन्नमस्ता गाउँपालिका–५ का वडा सदस्य ४७ वर्षीय योगेन्द्रप्रसाद शर्मा, उहाँका बुबा ७५ वर्षीय बिन्देश्वर शर्मा र भतिजा ३० वर्षीय संजयकुमार शर्मालाई ०७९ माघ ११ गते सोही ठाउँका ५० वर्षीय जयनाथ…