"दैनिक ४५ रुपियाँ र ७ सय ग्राम चामलले बाँच्न गाह्रो भयो"-कैदीबन्दी
नेपाल सरकारले उपलब्ध गराउँदै आएको दैनिक ४५ रुपियाँ र सातसय ग्राम चामलले बाँच्नै गाह्रो भएको पर्वत जिल्ला कारागारका कैदीबन्दीहरूले गुनासो गरेका छन् ।
इन्सेकले पुस ७ गते गरेको कारागार अनुगमनका क्रममा कैदीबन्दीका नाइके ५९ वर्षीय गोविन्द क्षेत्री भन्छन्-'दैनिक रूपमा चाहिने दाल, तरकारी, चिनी, चियापत्ति जस्ता चिजहरू किन्नका लागि ४५ रुपियाँले सम्भव नै छैन । तर, हामीसँग अरु उपाय छैन । यसैबाट जीवन जीउन बाध्य छौँ ।'
लेखफाँट-३ घर भई हाल कारागारमा रहेर सजाय भुक्तान गरिरहको २९ वर्षीय विनोद सुवेदीले पनि थोरै भत्ताले गर्दा गुजारा चलाउन निकै कठिन भएको गुनासो गरेका थिए । अधिकांश बन्दी कैदीहरूको एउटै गुनासो थियो-'सरकारले दिने गरेको न्यून भत्ताले गुजारा चलाउन धौ धौ परिरहेको छ ।'
पुरुष ५० जना र महिला १० जनाको क्षमता रहेको पर्वत जिल्ला कारागारमा हाल महिला सात जना र पुरुष ६८ जना रहेका छन् । अवलोकनका क्रममा जेलभित्र पानी, बत्तिको राम्रो व्यवस्था गरिएको, खेलकुदका सामग्रीहरू तथा सानो पुस्तकालयको समेत व्यवस्था गरिएको देखियो ।
तर, पुस्तकालयमा नयाँनयाँ पुस्तकहरू नआउने भएकोले एउटै पुस्तक दोहोर्याई तेहर्याई पढ्दा आफूहलाई दिक्क लाग्ने गरेको कैदीबन्दीले गुनासो गरे । त्यसैगरी कैदी बन्दीहरूलाई सुत्न तथा बस्नका लागि पनि खासै समस्या रहेको देखिएन । जेलभित्र रहेका कैदी बन्दीहरू मध्ये अधिकांशले विभिन्न सीपमूलक तालिम लिएर मुढा बनाउने, कपडा सिलाउने, स्वीटर बुन्ने जस्ता आयमूलक कामहरू गरिरहेका छन् ।
किशोर सापकोटा
सम्बन्धित समाचारहरू
श्रमको हक : पारिश्रमिक नपाएको शिक्षिकाको गुनासो
नेपालको संविधान २०७२ को धारा ३४ मा श्रमको हक सम्बन्धी व्यवस्था गरिएको छ । सोही धाराको उपधारा १ मा पारिश्रमिक लिई रोजगारदाताका लागि शारीरिक वा बौद्धिक कार्य गर्नेलाई कामदार वा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दघाट नगरपालिका–४ का २९ वर्षीय लोकबहादुर नेपालीलाई प्रहरीले जेठ २२ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले जेठ २१ गते बलात्कार गरेको…
विकासलाई वातावरणमैत्री बनाउनुपर्छ-राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले विकासलाई वातावरणमैत्री बनाउनुपर्नेमा जोड दिनु भएको छ । विश्व वातावरण दिवसका अवसरमा जेठ २२ गते शुभकामना व्यक्त गर्दै उहाँले एक सन्देश जारी गर्नु भएको छ । सन्देशमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिरानचोक गाउपालिका–४ का १९ वर्षीय सौरभ कुमाललाई प्रहरीले जेठ २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ २० गते बलात्कार गरेको भन्दै…
मुख्यमन्त्रीलाई मानवअधिकार रक्षकको सुरक्षा र संरक्षणसम्बन्धी मस्यौदा विधेयक हस्तान्तरण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्षडा.कुन्दन अर्याल नेतृत्वको टोलीले जेठ २१ गते मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटि मानव अधिकारको सुरक्षा र संरक्षणसम्बन्धी मस्यौदा विधेयक हस्तान्तरण गरेको छ ।…